पत्रकारलाई सिडियोमार्फत् सोधपुछ

स्याङ्जा । समाचारका बिषयलाई लिएर स्याङजाका एक पत्रकारलाई प्रशासनमा उपस्थित गराई सोधपुछ गरेको घटनालाई नेपाल प्रेस युनियन स्याङजाले गम्भीरतापूर्वक लिएको जनाएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण आम जनजीवन प्रभावित बनेको बेला मानव जीवन रक्षाका निम्ति स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी र संचारकर्मीले अग्रभागमा रहेर खटिएका छन् । यस्ता बिषम परिस्थितिमा एक समाचारका बिषयलाई लिएर नेपाल प्रेस युनियनका क्रियाशील सदस्य तथा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा कार्यरत भूपराज बस्याललाई स्थानीय प्रशासनले प्रहरीमार्फत जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराई मंगलबार सोधपुछ गरेकोमा युनियनले चासो बढाएको हो ।

आमसञ्चार माध्यममा प्रकाशित-प्रशारित समाचारमा चित्त नबुझे उजुरी गर्ने बैधानिक बाटो छदाछदै पत्रकारको मनोबल गिराउने गरी गरिएको यस किसिमको प्रशासनिक कार्यलाई प्रेस युनियन स्याङजाले निन्दनीय रहेको उल्लेख गरेको छ ।
प्रेस यूनियनका अध्यक्ष प्रदिप कोइरालाद्वारा बुधवार जारी प्रेस विज्ञप्तिमा गल्याङ्का स्वास्थ्य शाखा प्रमुख लिलाबल्लौ भण्डारीको आत्महत्याको विषयमा प्रकाशित केही अनलाइन आएका समाचारलाई लिएर पत्रकार बश्याललाई प्रशासनले सोधपुछ गरेको थियो ।

‘नेपाली प्रेसले हरेक अन्याय, अत्याचार, असहज अवस्था, निरंकुश पद्दतिका बिरुद्ध र लोकतन्त्रको पक्षमा अग्रमोर्चामा लडेको इतिहास हामी सामु यथावत छ ।लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात सिंहदरबारको अधिकार आफ्नै घर आँगनमा आउने आम नागरिकले अपेक्षा गरेका थिए । तर नागरिकका ती अपेक्षा अनुरुप स्थानीय तहहरु संचालन हुन नसक्दा सर्वसाधारण नागरिक मात्र नभएर स्वतन्त्र मानिएको प्रेस जगत समेत अप्ठारोमा परेको’ विज्ञप्तीमा उल्लेख छ ।
प्रहरी प्रशासन र स्थानीय पत्रकारबीच कटुता उत्पन्न गराई कुत्सित स्वार्थ पुरा गर्न तल्लिन केहि स्वार्थी व्यक्ति र समूहले पत्रकारबिरुद्ध स्थानीय प्रहरी प्रशासनको दुरुपयोग गरेकोे यूनियनको ठहर छ । तसर्थ, यस किसिमको गतिविधि माथि समयमै नियन्त्रण गरी राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता जगत प्रति संबेदनशील हुन बिज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, प्रहरी उपरीक्षक बिमलराज कणेल, राष्ट्रिय अनुसन्धान शाखा प्रमुख कुमार बुढाथोकीलाई बुझाइएको सो बिज्ञप्तीमा समग्र जिल्लाको विकास निर्माण र शान्ति सुरक्षा लगायतका क्षेत्रमा स्थानीय पत्रकारको सहयोग लिन लिन समेत स्थानीय प्रशासनलाई आग्रह गरिएको छ ।

सो बिज्ञप्ती बझ्दै प्रजिअ क्षेत्रीले पत्रकार र प्रशासनको गन्तब्य एउटै रहेको बताउदै प्रशासन र पत्रकारबीच कटुता हुन नहुने बताउदै कमीकमजोरी र त्रुटी सच्चाउदै अघि बढ्नु पर्नेमा जोड दिए । समाजका वास्तविकता औल्याउने पत्रकार जगत र समाजसेवाका निम्ति क्रियाशिल प्रहरी प्रशासनको सम्बन्ध नङ र मासुको हुनुपर्नेमा उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 336 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अर्घाखाँचीमा बाढीले बगाएर ८ वर्षिय बालिकाको मृत्यु