राजसंस्था पुनःस्थापना गर्न जय नेपाल पार्टी गठन भयो : धवलशम्शेर राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा जय नेपाल पार्टी गठन भएको छ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अध्यक्ष राणाले पत्रकार सम्मेलन गरेर यस’bout जानकारी दिएका छन्। जय नेपाल पार्टीले हिन्दु अधिराज्य, संवैधानिक राजसंस्थाको पुनःस्थापना र लोकतान्त्रिक प्रणालीलाई मुख्य राजनीतिक एजेन्डाका रूपमा अघि बढाउने राणाले बताए।

‘नयाँ पार्टीको मूल विचार नै नेपाल एउटा सनातन धर्म सापेक्ष किराँत र बौद्ध धर्मलाई समेटेर अरू धर्मावलम्बीहरूलाई पनि हामीले सम्मान दिएर एउटा हिन्दू अधिराज्य बनाउने कल्पना र प्रयास लिएर अगाडि बढेका छौँ,’ राणाले भने, ‘यो पार्टीको नाम जय नेपाल पार्टी हुनेछ। यसको चुनाव चिन्हको विषयमा अझै छलफल हुँदै छ।’

राजनीतिक हस्तक्षेप गर्ने राजसंस्था नभई अभिभावकीय, राष्ट्रिय एकता र राष्ट्र रक्षकको भूमिकामा रहने संवैधानिक राजसंस्थाको पुनःस्थापना गर्न चाहेको उनको भनाइ छ। राणाले नेपालबाट हिन्दु राष्ट्रको व्यवस्था हटाउनु गलत निर्णय भएको दाबी गर्दै त्यसलाई शान्तिपूर्ण रूपमा सडक र संसदीय दुवै माध्यमबाट पुनःस्थापना गर्ने बताए।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

epaper

ताजा समाचार

सशस्त्र प्रहरीका १० डिएसपीको सरुवा, हेर्नुहोस् सूची