काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीको सुनुवाइ सुरु भएको छ ।
सिंहदरबारमा जारी बैठकमा सुरुमा उनीविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने र त्यसपछि कार्कीलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गरिने कार्यसूची रहेको छ । सोही अनुसार बैठकको सुरुमा उजुरीकर्तासँग छलफल सुरु गरिएको छ ।
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको नियुक्तिसम्बन्धी प्रक्रिया तथा नैतिक आचरण र संवैधानिक पदका लागि आवश्यक योग्यता’bout प्रश्न उठाउँदै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ ।
समितिले मंगलबार आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्ले र राजीव सुब्बालाई आमन्त्रण गरी सुनुवाइ गरेको थियो । संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरुमा गुरुप्रसाद वाग्ले (ओखलढुंगा) र डा. राजीव सुब्बा (काठमाडौं)को नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।
संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।
सम्बन्धित समाचार
सुकुमवासी समस्या, महँगी नियन्त्रणलगायतका विषयमा सरकारको ध्यानाकर्षण
बागमतीमा मन्त्रीलाई महाशाखा हेर्ने जिम्मेवारी
अल्पमतका मुख्यमन्त्री शाहका निर्णायक २७ दिन
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड
बागमती सरकारबाट बाहिरियो एमाले
वर्षायाममा किन आवश्यक छ विशेष सावधानी ?
मधेसका अर्थमन्त्रीसहित सातजना विरुद्ध ३९ करोडको भ्रष्टाचार मुद्दा
प्रधानमन्त्रीले आज निर्यातजन्य उद्योग–व्यवसायसँग आबद्ध व्यवसायीसँग छलफल गर्दै






