कोरोनाको सामना गर्दै सार्वजनिक प्रशासन

२१औं शताब्दी मानव जातिले नयाँनयाँ खोज तथा अनुसन्धान गरेर विज्ञान तथा प्रविधिको युग स्थापित हुँदै गएको अवस्थामा वैज्ञानिक अनुसन्धानलाई चीनको वुहानबाट फैलिएको अदृश्य नोबल कोरोना भाइरस कोभिड–१९ पूर्ण नियन्त्रण भई आर्थिक गतिविधि र जनजीवन सामान्य बनेको छ ।

संसारका सबै महादेशका यूएन सदस्य राष्ट्रहरू १ सय ९३ र फिफा सदस्य राष्ट्रहरूसमेतको गणना गर्ने हो भने २ सय ११ राष्ट्रमा नै फैलिएको छ । कोरना भाइरसबाट यो लेख तयार गर्दाका मितिसम्म कुल ७३ लाख मानिस संक्रमित भएका छन्, संक्रमितमध्ये उपचारपछि ३६ लाख २१ हजार ४ सय ४४ जना निको भएर घर फर्केका छन् । कोरनाको कारण ४ लाख १४ हजार १ सय २९ जनाले अमूल्य ज्यान गुमाउनुपरेको छ ।

सार्क राष्ट्रहरूमा छिमेकी मुलुक भारतमा २ लाख ७६ हजार ५ सय ८३ जना संक्रमित भई १ लाख ३५ हजार २ सय ६ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ७ हजार ७ सय १५ जनाले ज्यान गुमाएका छन् । नेपालमा पनि कोरोना भाइरसको कारण ४ हजार ३ सय ६४ जना संक्रमित भएका छन् भने १५ जनाले अमूल्य ज्यान गुमाउनुपरेको छ, हरेक औंसीको रातमा चाँदीको घेरा हुने गर्दछ । संक्रमणमा परेका दुई महिनाको बालकसमेत ३ सय ३३ जना अस्पतालमा उपचारपछि निको भएर घर फर्केका छन् ।

देशमा शिक्षा, स्वास्थ र रोजगारीका अवसर ‘पुस फ्याक्टर’भन्दा छिमेकी मुलुक र तेस्रो विश्वका मुलुकहरूमा ‘बेटर अपच्र्युनिटिज’को सम्भावना ‘पुल फ्याक्टर’ आकर्षित भई विभिन्न मुलुकमा अवसरको खोजीमा गएर रोजगारी गरी राज्यलाई रेमिटेन्स पठाइरहेका कुल जनसंख्याको करिब एक तिहाइ जनसंख्या कोभिड–१९ को असरले नेपाल फर्कन लागिरहेका छन् ।

देशको शासन सार्वजनिक प्रशासनभन्दा असल हुन सक्दैन । प्रशासन कर्मठ बुद्धिजीवीको सञ्जाल हो

कुनै पनि देशको शासन त्यस देशको सार्वजनिक प्रशासनभन्दा असल हुन सक्दैन प्रशासन कर्मठ बुद्धिजीवीको सञ्जाल हो । यसले देशको प्रतिनिधित्व गर्दछ । नेपालको सार्वजनिक प्रशासन राज्यको नीति निर्माणमा सहभागी हुँदै नीति कार्यान्वयन गरी स्थायी सरकारको निजामती सेवा सक्षम र जनउत्तरदायी भएको हुँदा राजनीतिक नेतृत्वले सम्हाल्दै आएको राज्यको कार्यकारी प्रमुख मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले मुलुकको नेतृत्व सम्हालेका र जिल्ला विकास समिति, गाउँ विकास समिति र नगरपालिकामा कुनै बेला राजनीतिक नेतृत्वले गर्ने कार्यसमेत सफलतापूर्वक सम्पादन गरिसकेको सार्वजनिक प्रशासनले प्रशासनको विकास गर्दै विकासको प्रशासन व्यवस्थापन गरेको निजामती सेवाले हाल विश्वव्यापी भई भयावह बनेको कोरना संक्रमणले ल्याएका चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सरकारले स्वीकृत गरेका योजना तथा कार्यक्रम सफल बनाउन अग्रपंक्तिमा रही सम्पादित गर्दै आएको र अबका दिनमा झनै सक्रियताका साथ कार्यक्षेत्रमा खटनुपर्ने भएको छ ।

कोरोना भाइरस कोभिड–१९ फैलिएको सुरुताका एकप्रकारको सन्त्रास फैलिएर रोग लाग्नेबित्तिकै ऊ र उसको सम्पर्कमा आउने जोसुकै मर्ने मनोविज्ञान फैलिएको थियो, मानिसले हेर्न, छुन, सहयोग गर्न नहुने डर बढेकाले सरकारले चीनबाट उद्धार गरेर नेपाल ल्याई खरीपाटीको क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन लाग्दा त्यस क्षेत्रका बासिन्दाले क्वारेन्टिन बनाउन अवरोध भएको थियो ।

राजनीतिज्ञ, स्वयंसेवक र आमनागरिकमा अन्योल देखिएको थियो । यस्तो अवस्थामा प्रशस्त मात्रामा पीपीई नभएकै अवस्थामा पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी राष्ट्रसेवकले आफ्नो ज्यानको पर्वाह नगरी उनीहरू र संक्रमितको सामीप्य र अग्रपक्तिमा रही उपचार गरेर रोलमोडल बनेर समग्रमा सार्वजनिक प्रशासनको तर्फबाट जनउत्तरदायित्व प्रस्तुत गर्नुभएको थियो । वहाँहरूको सम्मान गर्नुपर्दछ ।

यसपछि कोभिड–१९ रोगको ’boutमा सत्यतत्थ्य बुझ्ने मौका मिल्दै गयो । उद्धार तथा सेवामा जनप्रतिनिधि र स्वयंसेवीको परिधि बढ्न लाग्यो । हाल तेस्रो सर्कलका रूपमा युवा तथा महिला र नागरिक समूहले पनि संक्रमितको व्यवस्थापन कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न भई सरकारको कोरना व्यवस्थापनको काममा सहयोग पु¥याइरहेका छन् ।
अबको सार्वजनिक प्रशासनबाट कोभिड–१९ बाट सिर्जित चुनौतीलाई अवसरमा रूपान्तरण गर्न अस्थायी प्रशासक र कर्मचारीतन्त्रको अधिकार ,कार्यक्षेत्र र सहकार्य किटानी गरेर कार्यसम्पादन हुन आवश्यक छ । संघ प्रदेश र स्थानीय सरकारको बीचमा पारस्पारिक सहयोग सहकार्य र सहसम्बन्ध मजबुत बनाइनुपर्दछ ।

संघीय सार्वजनिक प्रशासन विशेष गरेर राज्यलाई आवश्यक पर्ने कमिसन ल लागू गरेर समग्र नीति निर्माण, परराष्ट्र सम्बन्ध मौद्रिक र वित्तीय नीति निर्माता भएकाले आकारमा छरितो, चुस्त तथा दूरगामी हुनुपर्दछ । प्रदेश सार्वजनिक प्रशासन आकारमा मझौला केन्द्र र स्थानीय तहबीच पुलको काम गरेर कूटनीतिक क्षमता राख्न सक्ने हुनुपर्दछ ।

स्थानीय सार्वजनिक प्रशासन आकारमा सबैभन्दा ठूलो सक्षम नैतिकवान् सेवाग्राहीमैत्री दिगो विकासमा नागरिक परिचालन तथा उत्तरदायित्व वहन गर्न सक्ने साहसी र कोरना नियन्त्रण गर्न अपनाइएको लकडाउनले प्रभावित र विदेशबाट नेपालमा फर्केर आएका नागरिकको सामथ्र्यता, दक्षता र सीपको उपयोग तथा व्यवस्थापन गर्दै कृषि, कृषिजन्य उद्योग, सहकारी, सामुदायिक वन र सेवाक्षेत्रको व्यापक उपयोगबाट रोजगारीका अवसर सिर्जना गरेर आर्थिक विकास र आर्थिक वृद्धि गरी स्थानीय तह र समग्र राज्यको विकास गर्ने भिजन, मिसन तथा स्ट्राटेजीयुक्त हुनु पर्दछ । यस्तो अभियानमा संघबाट स्थानीय तहलाई स्रोत तथा साधनसहितको ढाडस उपलब्ध गराइनुपर्दछ ।

तपाइको प्रतिक्रिया
(Visited 140 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तुलसीपुरमा गठबन्धनलाई हराउदै एमाले उम्मेदवार निर्वाचित