बाँके । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया मधुवन नगरपालिका-१ बस्ने १९ वर्षीय बिशेष न्यौपानेलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । बिशेषलाई इलाका प्रहरी कार्यालय कोहलपुरले बैजनाथ गाउँपालिका-५ जि गाउँबाट पक्राउ गरेको हो ।
करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका-५ बस्ने महोत्तरी बर्दिबास नगरपालिका-१ घर भएका ४८ वर्षीय अच्युत्तम भन्ने अच्चुत्तमप्रसाद रिसाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत महोत्तरीबाट २०८३ वैशाख २१ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका-५ हाईविजन क्लोनीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरी पठाइएको छ ।
सम्बन्धित समाचार
राजपुरमा ढिस्कोले पुरिएर किशोरको मृत्यु
एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन
राप्रपा रोल्पाबाट सामूहिक राजीनामा
दुर्घटनामा परेका आफ्नै साथीको हत्या गर्ने चालक पक्राउ
भैयापुरमा इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
दाङमा सकियो ९४ प्रतिशत रोपाइँ
२२ करोड १७ लाख राजश्व सङ्कलन
प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ






