दोस्रो पुस्ताको असन्तुष्टि, नेपाल समूह पनि असन्तुष्ट
काठमाडौं । प्रदेश सरकार गठनदेखि आगामी प्रदेश र स्थानीय तह निर्वाचनसम्मको सहकार्यलाई केन्द्रमा राखेर नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच भएको सहमति कार्यान्वयनको चरणमै चुनौतीपूर्ण बनेको छ ।
नेतृत्व हस्तान्तरण, २१ फागुनको निर्वाचनको समीक्षा र जेनजी आन्दोलनले देखाएको जनमत’bout पर्याप्त छलफल नगरी सत्ता केन्द्रित सहमति गरिएको भन्दै दुवै दल आबद्ध दोस्रो पुस्ताका नेताहरूले असन्तुष्टि जनाएका छन् ।
जेनजी आन्दोलनपछि पार्टी सञ्चालनको शैली, राजनीतिक एजेन्डा र नेतृत्वको उत्तराधिकार’bout दुवै दलभित्र बहस चलिरहेका बेला शनिवार भएको सहमतिलाई दोस्रो पुस्ताका नेताले आलोचना गरेका हुन् ।
पार्टीभित्रको समीक्षा र वैचारिक पुनर्संरचनालाई थाँती राखेर गरिएका राजनीतिक समझदारीले दीर्घकालीन समाधान दिन नसक्ने उनीहरुको निष्कर्ष छ ।
नेकपाका सहसंयोजक सहसंयोजक माधवकुमार नेपालले आफूलाई पर्याप्त जानकारी नदिई समझदारी प्रक्रिया अघि बढाइएको भन्दै पार्टीभित्र थप छलफलको माग गरेका छन् । नेपाल निकट नेताहरूका अनुसार सहमतिको राजनीतिक तथा सांगठनिक पक्ष’bout व्यापक परामर्श हुनुपर्ने उनको माग छ ।
एमालेभित्र आत्मसमीक्षाको दबाब
दुई दलका शीर्षस्थ नेताबीचको सहमतिका क्रममा अनुपस्थित एमाले महासचिव शंकर पोखरेलले पार्टीभित्र देखिएका कमजोरी स्विकार्दै वैचारिक पुनर्गठनमा अब ढिलाइ नगर्न नहुने बताएका छन्
आइतबार लुम्बिनी प्रदेश कमिटीद्वारा आयोजित ‘मिसन पार्टी जागरण अभियान’ उद्घाटन कार्यक्रममा उनले पार्टीको वर्तमान अवस्थाप्रति आत्मसमीक्षाका क्रममा सहमतिप्रति स्पष्ट असन्तुष्टि जनाए ।
‘हाम्रै कमजोरीले यो अवस्था आएको हो। कमजोरी कहाँ छन् भन्ने संकेत पहिले नै आएका थिए, तर समयमै समाधान गर्न सकिएन । अब वैचारिक पुनर्गठन आवश्यक छ । आन्तरिक कमजोरी भएकै कारण आजको अवस्था आएको हो भन्न हिचकिचाउनु पर्दैन,’ उनले भने ।
पोखरेलले राजनीतिक समीकरण मिलाउँदैमा पार्टी बलियो नहुने भन्दै संगठनको शुद्धीकरण र रूपान्तरण आवश्यक रहेको बताए । उनले पार्टीको सामाजिक आधार कमजोर बन्दै गएको उनको दाबी छ ।
वर्तमान सत्ता लोकप्रियतावाद र अराजकतावादमा आधारित रहेको दाबी गर्दै त्यस’bout जनस्तरसम्म स्पष्ट सन्देश पु¥याउन कार्यकर्तालाई उनले निर्देशन दिएका छन् ।
एमाले नेता ठाकुर गैरेले भने २१ फागुनको निर्वाचनको समीक्षा अझै हुन नसक्नु अस्वाभाविक भएको बताएका छन्। उनले निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि केन्द्रीय कमिटी बैठकमार्फत आधिकारिक समीक्षा हुन नसकेको भन्दै प्रश्न उठाए ।
माधव नेपालको फरक अडान
नेकपा सहसंयोजक माधवकुमार नेपालले सत्ता सहकार्य र आगामी राजनीतिक समीकरण’bout प्रारम्भिक संवाद अघि बढाउन २ साउनमै आफू निकट नेता प्रमेश हमाल र वर्षमान पुनलाई जिम्मेवारी दिएका थिए ।
उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत छलफल गरेर वातावरण बनाइरहेका बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलंकाबाट फर्किए लगत्तै समझदारीलाई अन्तिम रूप दिएपछि नेपाल पक्ष असन्तुष्ट बनेको हो ।
सोमबार कोटेश्वरस्थित नेपाल निवास र बानेश्वरस्थित एक होटेलमा भएका छुट्टाछुट्टै छलफलमा समझदारीको कार्यान्वयन, सत्ता साझेदारी र पार्टीभित्रको भूमिका सम्बन्धी विषयमा विस्तृत कुराकानी भएको स्रोतहरूले बताएका छन् ।
दुई अध्यक्षबीच भएको समझदारीअनुसार एमालेले कोसी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व लिने तथा नेकपाले कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्नेछन् । नेकपाका वरिष्ठ नेता बेदुराम भुसालले पनि सहमतिप्रति देखिएको असन्तुष्टिको मुख्य कारण पर्याप्त तयारी नहुनु रहेको बताए । उनले होमवर्क कम गरिएको भन्दै सहमति नीति केन्द्रित हुनुपर्नेमा सत्ता केन्द्रित भएको गुनासोसमेत गरे ।
माधव नेपाल समूह प्रदेश सरकारमा आफ्नो समूहको समान भूमिका सुनिश्चित गर्नुपर्ने, नेतृत्व र मन्त्रालय बाँडफाँटमा सन्तुलन कायम गरिनुपर्ने लगायत अडानमा छ ।
समीक्षा नगरी निर्णय नगर्न युवा पुस्ताको दबाब
एमाले र नेकपाबीच सत्ता सहकार्य तथा आगामी निर्वाचनमा तालमेलको सहमति भए पनि दुवै दलका युवा तथा दोस्रो पुस्ताका नेताहरूले पार्टीभित्र व्यापक समीक्षा नगरी कुनै पनि दीर्घकालीन राजनीतिक निर्णय नगर्न नेतृत्वलाई आग्रह गरेका छन् ।
विद्यार्थी आन्दोलनबाट उदाएका नेताहरूले एमालेलाई रूपान्तरणसहित पुनः स्थापित गर्न वैचारिक बहस, नेतृत्व हस्तान्तरण र संगठनात्मक पुनर्संरचना अपरिहार्य रहेको बताएका छन् ।
एमालेभित्र ठाकुर गैरेसँगै नविना लामा, रचना खड्का, माधव ढुंगेल, समिक बडाललगायत युवा नेताहरूले पार्टीको वर्तमान राजनीतिक दिशा, नेतृत्व शैली र निर्णय प्रक्रियामाथि सार्वजनिक रूपमा प्रश्न उठाइरहेका छन् । उनीहरूले नेतृत्व र नीतिमा व्यापक पुनर्संरचनामार्फत पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
सम्बन्धित समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
ऐतिहासिक गहना फिर्ता गराउन कूटनीतिक पहल
अल्पमतका मुख्यमन्त्री शाहका निर्णायक २७ दिन
जलवायु परिवर्तनविरुद्ध सङ्कल्प गर्न ‘ग्रिन रन’ आयोजना : सभापति थापा
कांग्रेस सभापति थापाले स्थगित गरे भारत भ्रमण
रवि–बालेन ‘खटपट’ले अर्थमन्त्री डा. वाग्लेको पद धरापमा
सांसदले स्वकीय सचिव राख्न पाउने मन्त्रिपरिषद्को निर्णय
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु






