हेटौँडा कपडा उद्योग चलाउनु राजनीतिक नाटक मात्रै हो : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ठोस र स्पष्ट कार्ययोजनाविना हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको घोषणा गर्नुलाई ‘राजनीतिक स्टन्ट’ को संज्ञा दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले बन्द उद्योगलाई आधुनिक प्रविधि र कुशल व्यवस्थापनसहित दिगो रूपमा चलाउने योजना ल्याउन सरकारसँग माग गरेका छन्।

महासचिव पोखरेलले नयाँ सरकार गठन हुनासाथ हेटौँडाको बन्द कपडा उद्योग चलाउने प्रयास गर्ने र केही दिन चलेको देखावटी नाटक गरेर पुनः बन्द हुने पुरानै नियति दोहोरिने गरेको उल्लेख गरेका छन्। “राजनीतिक प्रचारका लागि यस्तै नाटक दोहोर्‍याउनुभन्दा उद्योगलाई कसरी आधुनिक प्रविधि, व्यावसायिक क्षमता र कुशल व्यवस्थापनका साथ दिगो रूपमा चलाउन सकिन्छ भनेर ठोस योजना बनाउनु आवश्यक छ,” पोखरेलले लेखेका छन्।

स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाविना केवल लहडका भरमा उद्योग खोल्न खोजिए पुरानै असफलताको पुनरावृत्ति हुने दाबी गर्दै उनले प्रचारमुखी शैली त्यागेर दीर्घकालीन पुनरुत्थानको बाटो रोज्न आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता