झापा । जिल्ला पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र गरेको छ । उक्त आवमा ३२।८० किलोमिटर सडक ग्राभेल, ९.५२ किलोमिटर सडकमा आरसीसी ढलान तथा ९०० मिटर मर्मतसम्भार गरिएको छ ।
उक्त कार्यालयका प्रमुख राजेश्वर महतोका अनुसार गत आवमा ६ वटा झोलुङ्गे, तीन सरकारी भवन, ४९ सामुदायिक भवन, ११ धार्मिक संरचना, आठ विद्यालयका पूर्वाधार, एउटा कभर्डहल तथा आठ अन्य भवन तथा पूर्वाधार निर्माण भएका छन् ।
गत आवमा एक अर्ब ५१ करोड १४ लाख ७८ हजार विनियोजन भएकामा एक अर्ब पाँच करोड ४५ लाख ६४ हजार ५४० खर्च भएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)
सम्बन्धित समाचार
बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय
गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह
धिमाल समुदायको मातृभाषा संरक्षणमा जोड
झापामा ३७८ जनाले पाए आमाको नामबाट नागरिकता
कार्यस्थलमा स्तनपान कक्षको अभाव
‘शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र’
ठेकेदारको लापरवाहीले वर्षौंदेखि अलपत्र छ फास्ट ट्रयाक
मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका अधिकांश मुद्दा






