एक वर्ष कार्यकाल बाँकी रहँदै सञ्चारसचिवसहित दुई सचिवले दिए राजीनामा

काठमाडौं । नेपाल सरकारका दुई जना सचिवले कार्यकाल बाँकी रहँदै पदबाट राजीनामा दिएका छन् ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोखरेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारीले मंगलबार राजीनामा पेस गरेका हुन् ।

सञ्चार सचिव पोखरेलको सेवा अवधि एक वर्ष बढी बाँकी थियो । अर्का सचिव अधिकारी भने भदौ ४ मा अनिवार्य अवकाशमा जाँदै थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा दुई तिहाइको सरकार बनेपछि निजामती कर्मचारीमा राजीनामाको लहर नै चलेको छ । यसअघि राजीनामा दिनेमा सहसचिवसम्म मात्र दिए ।

राजीनामा दिएका सञ्चार सचिव पोखरेलको सेवा अवधि एक वर्ष बढी बाँकी थियो । यसअघि उनी राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी थिए । त्यहाँबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएकोमा उनी असन्तुष्ट बनेका थिए । साउन १३ मा सञ्चार मन्त्रालय सरुवा भएका पोखरेलले दुई सातामै राजीनामा दिएका हुन् ।

यस्तै, सरकारले ५५ वर्ष उमेर पूरा भएका र ३० वर्षे सेवा अवधि पूरा भएका कर्मचारीहरूलाई अनिवार्य अवकाशमा पठाउने योजनासहित संघीय निजामती सेवा विधेयकको मस्यौदा अगाडि बढाएपछि कर्मचारीले धामाधम राजीनामा बुझाइरहेका छन् । बालेन शाहको नेतृत्वमा सरकार बनेपछि हालसम्म करिब एक दर्जन सहसचिव, तीन दर्जन उपसचिव र ठूलो संख्यामा अधिकृत र त्यसभन्दा तल्लो तहका कर्मचारीले राजीनामा दिइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

epaper

ताजा समाचार

कमान्डमा जान लागेकाहरुलाई आईजीपी पौडेलले भने - कसैलाई प्रभावमा पारी उम्किन्छु भन्ने सोच र विचार त्यागिहाल्नुस्