काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संगठनको उद्देश्य र मर्यादालाई केन्द्रमा राखी देश र जनताको सुरक्षा र सेवामा कार्य गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा समादेशक, गणपति र गुल्मपतिका रूपमा खटिई जान लागेका अधिकृतहरूका लागि सञ्चालन गरिएको कमान्ड अनुशिक्षण तालिमको समापन कार्यक्रममा मंगलबार सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सो निर्देशन दिएका हुन् । उनले राष्ट्र र संगठनको प्रतिष्ठा भन्दा माथि कोही पनि नहुने उल्लेख गर्दै कार्यक्षेत्रमा परिचालित हुँदा गलत नियतकासाथ काम गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरू कारबाहीको भागिदार बन्ने हुँदा कसैलाई प्रभाव पारी उम्किन्छु भन्ने सोच र विचार आजैका दिनदेखि हटाउन निर्देशन दिए ।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सरकारको नतिजामा आधारित शासकीय प्रबन्ध र संगठनले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजश्व संकलनमा सहयोग र विपद् व्यवस्थापनमा परिचालनको अवधारणालाई प्राथमिकतामा राखेर कार्यक्षेत्रमा खटिँदा आर्थिक अनियमिततामा शून्य सहनशीलताको नीतिको पूर्ण रूपमा पालना गरी त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्नसमेत निर्देशन दिए । उनले फिल्डमा खटिँदा सानो कमजोरी वा लापरबाहीले अपूरणीय घटना तथा ठूलो क्षति पुग्ने बताउँदै अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा चुनौतीहरूको विश्लेषण गर्दै त्यसको सम्भावित प्रभाव, राष्ट्रियस्तरमा भइरहेका विरोध कार्यक्रमहरू, विपद्, सीमा अपराध र सामाजिक सञ्जालको दुरुपयोगबाट उत्पन्न हुनसक्ने खतराहरूप्रति समयमै सजग रहनु पर्ने बताए ।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सीमा अपराध नियन्त्रण, लागूऔषध ओसारपसार, मानव बेचबिखन, तेस्रो मुलुकका नागरिकहरूको प्रवेश र चोरीतस्करी नियन्त्रणलगायतका कार्यहरूमा खटिँदा विशेष चनाखो भई कार्य गर्नुपर्ने बताउँदै सीमा सुरक्षामा खटिँदा सरोकारवाला, सम्बन्धित निकायहरू तथा सीमापार समकक्षीसँग समन्वय गरी परिचालन हुनुपर्नेमा जोड दिए । कार्यक्रममा उनले सशस्त्र प्रहरी कर्मचारीहरूले सोसल मिडियाको प्रयोग र त्यसको दुरुपयोगको विषयमा सजग रही कार्य गर्नुका साथै मिस इन्फर्मेसन, डिसइन्फर्मेसन र हेट स्पिचका कारण उत्पन्न हुने जोखिम’bout विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले असल नियत र इमानदारीपूर्वक गरिने सम्पूर्ण कार्यको संगठनले उच्च मूल्यांकन र संरक्षण गर्ने भएको हुँदा कार्यक्षेत्रमा परिचालित सशस्त्र प्रहरी कर्मचारीहरूले उच्च मनोबलका साथ व्यावसायिक ढंगमा कार्य गर्नुपर्ने बताए । उनले तालिम शिक्षालयका समादेशकहरुलाई ‘शिक्षालयलाई उत्कृष्टताको केन्द्र’ बनाउने लक्ष्यकासाथ व्यावसायिकता र प्रविधिमा जोड दिँदै व्यावहारिक सीप विकासलाई प्राथमिकतामा राखी स्तरोन्नति गर्नेतर्फ अग्रसर हुनुपर्ने बताए ।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालका सबै युनिटमा फायरफाइटिङ टिम तयारी हालतमा राख्न र आगलागी जस्ता दुर्घटना नदोहोरिने गरी सतर्कता अपनाउँदै आफ्नो जिम्मेवारी इलाकामा २४सै घण्टा अपरेशनल तत्परता कायम राख्न युनिट कमान्डरहरूलाई निर्देशन दिए ।
यसअघि विभागीय प्रमुखहरू सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहाल, गणेश बहादुर ठाडा मगर र अञ्जनीकुमार पोखरेलले कमान्डमा जान लाग्गेका अधिकृतहरूलाई त्रुटिरहित ढंगबाट सीमा सुरक्षा, अप्रेशनल तथा प्रशासनिक कामकारबाही गर्न निर्देशन दिएका थिए ।
सम्बन्धित समाचार
विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ
काठमाडौंमा लुटपाट आतंक मच्चाउने ‘कर्मा समूह’ यसरी पर्याे पक्राउ
प्रहरी नियन्त्रणमा रहेको कर्मा समूहले यसरी मच्चाउँथ्यो लुटपाट
कारोबारी सयरमा, भरिया जेलमा !
कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ
लागुऔषधसहित दुई जना पक्राउ
अवैध नदी उत्खनन गर्ने सात जना प्रहरी नियन्त्रणमा
जापान पठाउने भन्दै २ करोड ८० लाख रुपैयाँ ठगेको अभियोगमा पक्राउ






