कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला आज, देउवाले उद्घाटन गर्ने

काठमाडौं । नेपाली का‌ग्रेसको संस्थापनइतर समूहले आज शुक्रबार काठमाडौ‌ सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला आयोजना गर्दैछ । बिहान साढे ११ बजे हुने राष्ट्रिय भेलालाई पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । ३ दिनसम्म चल्ने उक्त भेलामा ६ वटा प्रस्तावमा छलफल हुने बताइएको छ ।

भेला आयोजक समितिका संयोजक डा. शशांक कोइराला छन् । इतर पक्षका शीर्ष नेता देउवा हिजो हङकङबाट फर्किसकेका छन् । उनलाई कांग्रेस नेता–कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए । उनले नै भेला उद्घाटन गर्ने छन् ।

संस्थापन इतर समूहले देउवालाई चुनदेवीमा पार्टी सभापतिकै हैसियतमा कार्यकक्ष बनाएर राखेको छ । आज पहिलो दिनको उद्घाटन समारोहमा देउवालगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने नेता मीन विश्वकर्माले बताए । भोलि र पर्सि बन्दसत्र छ ।

भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान इतर समूहले गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

epaper

ताजा समाचार

स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै