काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय भेलाको आज शुक्रबार विधिवत् उद्घाटन गरेका छन् ।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भएको भेला भदौ ३१ गते समापन गर्ने कार्यसूची छ ।
भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको सभापतिमा आयोजित भेलामा उद्घाटन समारोहमा देउवासँगै कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदारलगायतका नेताहरू सहभागी छन् ।
विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको समितिलाई चुनौती दिँदै देउवा र डा.शेखर कोइराला समूहले आयोजना गरेको यस भेलालाई कांग्रेसभित्रको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)
सम्बन्धित समाचार
सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री
क्रमशः सम्हालिँदै मधेस
कोशीका मुख्यमन्त्री हिक्मत हटाउने जिम्मा शेरधनलाई, मागे राजिनामा
बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किँदै
प्रतिनिधिसभा बैठकमा ४ विधेयक प्रस्तुत हुने, आजै ३ संसदीय समितिको पनि बैठक
प्रधानमन्त्री शाहलाई एकैदिन भेट्दै भारत र चीनका राजदुत
प्रधानमन्त्री शाहको भारत भ्रमण मिति अनुकूलताका आधारमा तय हुने






