१३ करोड विधुत महशुल उठाउन बाँकी

सर्लाही  । ग्राहकले प्राधिकरणलाई विद्युत खपत गरेबापत विल नतिर्ने गरेका कारण लालबन्दी शाखाको महसुल बक्यौता साढे १३ करोड भन्दा बढी पुगेको छ ।

प्राधिकरणको तथ्यांक अनुसार माघ २७ गते सम्म प्राधिकरणको ग्राहकबाट असुल गर्नुपर्ने महसुल बक्यौता १३ करोड ८५ लाख २० हजार २ सय ४१ पैसा पुगेको छ । विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दी केन्द्र लालबन्दीका प्रमुख ईन्जिनियर सुधिर कुमार रायले कुल ग्राहक मध्ये उद्योग तथा कलकारखाना र ग्राहस्थ दुबै तर्फका ग्राहकको गरी यति ठुलो रकम महसुल बक्यौता बाँकी रहेको बताए ।

४३ हजार ९ सय कुल ग्राहक रहेको विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दी केन्द्रका ५० प्रतिशत ग्राहकले मात्र नियमित महसुल बुझाउने गरेका छन भने बाँकी ग्राहकहरुले लाईन नकाटे सम्म महसुल नबुझाउने गरेको कार्यलय प्रमुख ईन्जिनियर रायको भनाई छ । ४३ हजार ९ सय कुल ग्राहक मध्य ९४ प्रतिशत ग्राहस्त र बाँकी ६ प्रतिशत उद्योगधन्दा सेवाग्राही रहेका कार्यलयले जनाएको छ ।

सबैभन्दा धेरै विद्युत महसुल ओम शान्ती फ्रुट प्रोडक्सन प्रा.ली २७ लाख ५० हजार ८ सय १२ रहेको कार्यलयले जनाएको छ । तर ओम शान्ती फ्रुट प्रोडक्सन प्रा.लीले मासिक १ लाख भन्दा बढी महसुल नियमित तिर्ने गरेको कार्यलयले जनाएको छ । त्यसैगरी , केही ग्राहकहरुले समय समयमा मात्र नभई लाईन काटिदा समेत विद्युत महसुल बक्यौता नतिरेका कारण कालो सुचिमा राखिएको समेत रायले बताए ।

सामान्यतय २ महिना अर्थात ६० दिन सम्म बक्यौता महसुल बुझाउने ग्राहकको लाईन नकाटिएको र सो समय भन्दा बढी समयसम्म पनि महसुल बुझाउन नआउने ग्राहकको लाईन काटिएको कार्यलय प्रमुख इन्जिनियर रायले बताए । आफुहरुले महसुल बुझाउने समय नाघेका ग्राहकहरुलाई एक पटक विद्युत महसुल बुझाउन आउन आग्रह गर्ने गरेको र सो समयमा महसुल बुझाउन नआउने वा कार्यलयको आग्रहलाई वेवास्था गर्ने ग्राहकहरुको लाईन काट्ने गरेको ईन्जिनियर रायले बताए ।

कतिपय ग्राहकहरु लाईन काटिएपछि मात्र महसुल बुझाउन आउने गरेका कार्यलयले जनाएको छ । ग्राहस्थ तथा औद्योगिक क्षेत्रका ग्राहकहरु मात्र नभई सरकारी तथा गैर सरकारी कार्यलयहरु पनि विद्युत महसुल समयमै नतिर्ने सुचिमा परेका छन । भने मिटर जडान नगरि विद्युत तारमा हुक लगाएर तथा मिटरबाटनै चोरी गरी बत्ती बाल्नेहरुको संख्यामा पनि केही सुधार आएको बताए ।  

यसरी चोरी निकासी गर्ने ७२ जना ग्राहकहरुलाई चोरी चुवाहटमा संग्लग्न भएको भन्दै कार्बाही गरिएको कार्यलयले जनाएको छ । लालबन्दी नगरपालिकाका सबै १७ वटा वडा,ईश्वरपुर नगरपालिका सबै वडाहरु, हरिवन नगरपालिका,बाग्मती नगरपालिकाका ६ वटा वडा,कविलासी नगरपालिका वडा नम्बर १ र २ का साथै हरिपुर नगरपालिकाका सबै वडाहरु विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दी केन्द्रको सेवाक्षेत्र रहेको बताए ।

चालु आर्थिक वर्षको श्रावणदेखि माघ २७ गते सम्म १७ करोड ४६ लाख ५९ हजार ८ सय रुपैँयाँ महसुल संकलन भएको छ भने चालु आर्थिक वर्षको श्रावणदेखि माघ २७ गते सम्म १३ करोड ११ लाख ३६ हजार २ सय १२ रुपैँया महसुल बक्यौता बाँकी रहेको कार्यलयले जनाएको छ । भने चालु आर्थिक वर्षको माघ महिना सम्ममा २ सय ८२ जना ग्राहकको महसुल नतिरेका कारण लाईन काटिएको उनिहरुबाट १ करोड १८ लाख ९५ हजार १ सय २१ बराबर बक्यौता रहेको थियो । भने २ सय ६ जनाले विद्युत महसुल वापतको रकम ७३ लाख ८१ हजार २ सय १८ रुपैँयाँ तिरेर लाईन पुनःसुचारु गरेको कार्यलयले जनाएको छ । उद्योगधन्दाबाट नियमित तथा ठुलो रकम महसुल उठ्ने चोरी चकारी नहुने भएका कारण पनि त्यस्ता कार्यलय वा उद्योगहरुलाई आफुहरुले सम्झाउने गरेको कार्यलय प्रमुख रायले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाराको महागढीमाई नगरपालिकामा पुन: कांग्रेसका उम्मेदवार विजयी