गण्डकी । गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले नेपालीमा बढ्दो घुम्ने संस्कृतिले आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुगेको बताएकी छन् । मनाङस्थित एकीकृत सेवा कार्यालयमा आइतबार आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले पर्यटन क्षेत्र चलायमान हुँदा आर्थिक गतिविधिमा टेवा पुग्ने उल्लेख गरिन् ।
“बढ्दो घुम्ने संस्कृतिले पर्यटन व्यवसाय, रोजगारी सृजनासँगै समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ”, मन्त्री रिमालले भनिन् । उनले उच्च पहाडी तथा हिमाली भेगमा घुम्न आउने पर्यटकको व्यवस्थापन र उनीहरूको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । लेक लाग्नेजस्ता स्वास्थ्य जोखिमबाट बच्ने उपाय’bout सचेतना फैलाउनपर्ने उनको भनाइ छ ।
मन्त्री रिमालले सम्बद्ध निकायबीचको एकीकृत समन्वय र चुस्त व्यवस्थापनबाट मात्र पर्यटकलाई सुरक्षित वातावरण प्रदान गर्न सकिने बताइन् । उनले हिमाली भेगका नागरिक र पर्यटन व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि प्रदेश सरकारका तर्फबाट सक्दो पहल गरिने बताइन् । मन्त्री रिमालले एकीकृत सेवा कार्यालयबाट कार्यान्वयन गरिएका आयोजनाको स्थलगत अनुगमनसमेत गरेकी थिइन् ।
सम्बन्धित समाचार
उदयपुर सिमेन्ट महाप्रबन्धकविहीन, ६ करोडको सिमेन्ट अझै गोदाममै
अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट
रुपा गाउँपालिकाको कृषि तथा पशु सेवा शाखा भवन उद्घाटन
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
‘कञ्चन पत्रकारिता पुरस्कार’ सारूमगर र जिटीलाई
लमजुङमा पहिरोले धन्सार पुरिँदा एकै परिवारका चारजना घाइते
झापामा वित्तीय अपराध बढ्दो, एक वर्षमा ३७३ मुद्दा दर्ता






