पोखरा । कास्की र पर्वत जोड्ने २ वटा मेटल पुल बगाएको छ भने मन्दिरमा फसेका ३ जनाको उद्धार प्रयास जारी छ ।
अन्नपूर्ण गाउँपालिका ५ र ६ को सिमाना नयाँ पुल–बिरेठाँटी सडक खण्डको छेउमा मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा मानिसहरू आवतजावत गर्ने २ वटा मेटलको पुल (पर्वत र कास्कीतर्फ) सहित मन्दिरको आधा भागसमेत नदीले बगाएको हो ।
यसका साथै मन्दिरमा रहेका १ जना सन्त पुजारी र २ जना भक्तजन गरी ३ जना व्यक्ति मन्दिरमा फसेको भन्ने खबर प्राप्त भएपश्चात् उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट ४ जना रोप रेस्क्यु र ३ जना गोताखोरसहितको उद्धार टोली घटनास्थल पुगेको छ । आवश्यक विपद् उद्धारका सामग्री सहित राति साढे २ बजे खटिएका सुरक्षाकर्मीले उद्धार प्रयास गरिरहेको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)
सम्बन्धित समाचार
सुक्खा पहिरोले म्याग्दीको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा क्षति : एक जना बेपत्ता, एक जना घाइते
पाकिस्तानको ब्रड पिक हिमपहिरोमा निर्मल पुर्जासहित १० जना आरोही बेपत्ता
गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति
पेरुमा नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु
कांग्रेसको सम्भावित बिभाजन रोक्न तेस्रो धारको प्रयास
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
जयपृथ्वी राजमार्ग : वर्षौंदेखि बझाङबासीको जोखिमयुक्त नियति
भुक्तानीको चक्करले घण्टाघरका घडी धर्म छोड्दै






