‘गरिमा चौधरी हत्याकाण्ड: बाराका सुरक्षा निकाय दोषी हुन्’

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम महिला मोर्चाले बाराका सुरक्षा प्रमुखहरुलाई निलम्बन गरेर गरिमा चौधरी प्रकरणमा अनुसन्धान गर्नुपर्ने माग गरेको छ । मोर्चाले सुरक्षा निकायका प्रमुख सिडियो, प्रहरी प्रमुखमाथि पनि अनुसन्धान गरी कारवाही गर्नुपर्ने माग गरेको छ ।

मोर्चाका इन्चार्च रन्जुकुमारी साहले आज प्रेस विज्ञप्ति जारी जारी यस्तो माग गरेकी हुन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगर टोलकी ३ बर्षीया बालिका गरिमा चौधरीलाई बलात्कारपछि गरिएको निर्मम र अमानवीय हत्या प्रकरणमा बाराका सुरक्षा निकाय पनि दोषी रहेको मोर्चाको ठहर छ ।

तीन दिनसम्म अबोध बच्चा बेपता रहँदा समेत स्थानीय सुरक्षा निकाय कानमा तेल हालेर बस्नु र समयमै खोजी कार्यमा तदारुकता नदेखाएको जनाउँदै मोर्चाले बाराका सुरक्षा निकाय प्रमुखलाई तत्काल निलम्बन गरी गरिमा चौधरी प्रकरणको अनुसन्धान गर्नुपर्ने माग गरेको छ ।

‘तीन दिनसम्म अबोध बच्चा बेपत्ता रहँदा समेत स्थानीय सुरक्षा निकाय कानमा तेल हालेर बस्नु र समयमै खोजी कार्यमा तदारुकता नदेखाउनु अत्यन्तै आश्चर्यजनक, लज्जास्पद र गैरजिम्मेवारपूर्ण विषय हो । सुरक्षा संयन्त्रको यस्तै फितलो उपस्थिति र उदासीनताका कारण आज एउटी मासूम बालिकाले अकालमा ज्यान गुमाउनुपरेको छ । यस लापर्बाहीको समेत हामी घोर भत्र्सना गर्दछौँ,’ मोर्चाका इन्चार्ज साहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गरिमा चौधरीलाई बलात्कारपछि गरिएको निर्मम र अमानवीय हत्याको खबरले आम महिला मोर्चा स्तब्ध, मर्माहत र अत्यन्तै आक्रोशित व्यक्त गरेको छ । ‘यो क्रूर र दानवीय कृत्य केवल एक पीडित परिवारमाथिको बज्रपात मात्र नभएर सम्पूर्ण समाजको सुरक्षा, कानुनी राज्य र मानवतामाथिको गम्भीर प्रहार हो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कुनै पनि सभ्य समाजमा बालबालिकाहरू सबैभन्दा सुरक्षित हुनुपर्नेमा, चकलेटको प्रलोभन देखाएर यसरी एउटा मासूम जीवनमाथि खेलबाड गरिनु र हत्या हुनुले राज्यको शान्ति सुरक्षाको अवस्था र नागरिक चेतनामाथि गम्भीर प्रश्न खडा गरेको मोर्चाले जनाएको छ ।

‘मृतक बालिका गरिमा चौधरीको आत्माले तब मात्र शान्ति पाउनेछ, जब यो जघन्य अपराधमा संलग्न क्रूर अपराधीहरूले हदैसम्मको कानुनी सजाय पाउनेछन् । यस सन्दर्भमा हामी राज्यका सम्बन्धित निकाय, प्रहरी प्रशासन र न्यायिक प्रणालीसँग जोडदार माग गर्दछौँ,’ मोर्चाका इन्चार्ज साहले माग गरेकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

epaper

ताजा समाचार

महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा समूह अदालत जाने