काठमाडौं । सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड दिएका छन् ।
अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा ‘पर्यटन विधेयक २०८१’ का सम्बन्धमा होटल एसोसिएसन नेपाल ९हान०लगायतका सरोकारवाला निकायले पर्यटन व्यवसायलाई दीर्घकालीन, प्रभावकारी र बृहत्तर बनाउनुपर्नेमा धारणा राख्नुभएको थियो ।
सरोकारवालाले अबको पर्यटन ग्रीन, आरोग्य, धार्मिक, वैवाहिक पर्यटनलगायत विभिन्न नवीन शैलीका पर्यटनलाई समेट्न जोड दिएका छन् ।
होटल एसोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाहले ‘पर्यटन विधेयक २०८१’ को मस्यौदाले क्यासिनो विस्तारमा मात्रै जोड दिएको बताए ।
उनले विधेयकमा रहेको चारतारे र पाँचतारे होटल सङ्घले हेर्ने र होटेलले क्यासिनो सञ्चालन गरेबापत १० प्रतिशत शेयर लिनुपर्ने बाध्यकारी व्यवस्था हटाउनुपर्ने बताए ।
समितिका सभापति सुिम्नमा उदासले पर्यटन क्षेत्र देशको गौरव, अन्तरराष्ट्रिय सम्बन्ध विस्तार र अर्थतन्त्रको महत्वपूर्ण आधार रहेकाले विधेयक संशोधनमा गम्भीर भई सरोकारवालासँगको राय सुझाव सङ्कलन आवश्यक हुने बताए।
सम्बन्धित समाचार
दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता
देशभर ९६ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न
परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुवात गरिने
प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच भेटवार्ता
युवालाई शिक्षा, रोजगारी र उद्यमसँग जोड्न ‘युथ इकोसिस्टम’ बन्दै
बागमतीमा जगन्नाथलाई हटाउन अविश्वासको प्रस्ताव दर्ता
प्रमुख प्रतिपक्षी नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
गोसाइँकुण्ड मेला आउने तीर्थयात्री लक्षित शुल्क निर्धारण






