कालिकोट । क्वारेन्टाइनबाट फर्कँदा घर नपुग्दै कालिकोटमा एक जनाको मृत्यु भएको छ । भारतबाट आएका जिल्लाको नरहरिनाथ गाउँपालिका -१ निवासी ६० वर्षीय कालिबहादुर विष्ट सदरमुकाम मान्मको होटल चन्दसुर्यको क्वारेन्टाइनमा १५ दिन बसेर कोरोना नेगटिभ देखिएका उनलाई विहिबार घर पठाइएको थियो ।
बिहिबार क्वारेन्टाइनबाट घर फर्किएका विष्ट शुक्रबार जिल्लाको लालिघाटमा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । क्वारेन्टाइनबाट घर पठाएका ४ जनामध्ये ६ जनालाई मृतक विष्टसंगै डिस्चार्ज भएर घर फर्किएका थिए । १६ जना आरडिटी पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालयका सुचना अधिकारी कटक महतले बताए । मृतक विष्टको उनको स्वाव पुन परिक्षण गरिने पनि जनाइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)






