बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिन बोलाइएको बैठक सोमबार बस्नै सकेन, अर्काे बैठक भोलि ४ बजे

हेटौंडा । बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ बजे बस्ने भएको छ । बैठक प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान भएको हो ।

आज साँझ ८ बजेका निर्धारण गरिएको बैठक भोलिका लागि सारिएको प्रदेशसभा सचिव रामकुमार पौडेलले जानकारी दिए ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको मिति र समय परिवर्तन गरेको उनले बताए ।

राप्रपाभित्र सरकारलाई समर्थन गर्ने विषयमा देखिएको विवाद र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र मन्त्री छनोटलाई लिएर देखिएको असन्तुष्टिले सोमबार बोलाइएको प्रदेशसभा बैठक पटक–पटक सर्दै अन्ततः मंगलबारका लागि सारिएको हो ।

मुख्यमन्त्री थापा मगरले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने कार्यसूची रहेकाले दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । तर निर्धारित समयमा बैठक बस्न नसकेपछि प्रदेशसभा सचिवालयले बैठक साँझ ५ बजेका लागि सारेको थियो । तर ५ बजे पनि बैठक बस्न नसकेपछि पुनः राति ८ बजेका लागि समय निर्धारण गरिएको थियो । त्यस समयमा पनि बैठक बस्न नसकेपछि प्रदेशसभा सचिवालयले विशेष कारण जनाउँदै बैठक मंगलबार दिउँसो ४ बजे बस्ने गरी पुनः समय परिवर्तन गरेको हो ।

बैठक प्रभावित हुनुको प्रमुख कारणमध्ये राप्रपा) भित्र सरकारलाई समर्थन गर्ने विषयमा चर्किएको विवाद नै हो ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिन बोलाइएको बैठक सोमबार बस्नै सकेन, अर्काे बैठक भोलि ४ बजे