काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशले भोगिरहेको विपत्तिको सामना गर्न राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन् । उनले उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको जानकारी दिएका छन् ।
बिहीबार बिहान ६ : ३० बजेदेखि उद्धारका लागि हवाई उडान सुरु भएको प्रधानमन्त्री शाहले जनाएका छन् । अहिलेसम्म १५ भन्दा बढी उडान भइसकेका छन् भने थप हेलिकोप्टरहरू उद्धारका लागि तयारी अवस्थामा राखिएका छन् ।
नेपाली सेनाले बिहीबार बिहान सञ्चालन गरेको उद्धार अभियानमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गरिएको प्रधानमन्त्री शाहले बताएका छन् । उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक छन् । त्यस्तै, टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत उद्धार गरिएको उनले जानकारी दिएका छन् ।
प्रभावित क्षेत्रमा अत्यावश्यक राहत तथा सहयोग सामग्री पुर्याउने काम भइरहेको छ । जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम–ढुङ्गा काट्ने मेसिनलगायतका सामग्री प्रभावित क्षेत्रमा पठाइएको प्रधानमन्त्री शाहले बताएका छन् ।
उनका अनुसार छिट्टै विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था गरिनेछ । यसबाट प्रभावित नागरिकसँग सम्पर्क स्थापित गर्न सहज हुने अपेक्षा गरिएको छ ।
नुवाकोटमा अस्थायी शिविर तयार गरी खाना र पानीको व्यवस्था गरिएको प्रधानमन्त्री शाहले बताएका छन् । साथै, ड्रोन सर्वेमार्फत प्रभावित क्षेत्रको अवस्था’bout जानकारी संकलन गर्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।
प्रधानमन्त्री शाहले हेलिकोप्टरबाट उद्धार गर्दा सिकिस्त बिरामी, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई प्राथमिकता दिइने बताएका छन् । उनले प्रभावित नागरिकलाई धैर्य र संयम कायम राख्दै उद्धार तथा राहतको प्रतीक्षा गर्न आग्रह गरेका छन् ।
‘यथाशीघ्र उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन्,’ प्रधानमन्त्री शाहले भनेका छन् ।
सम्बन्धित समाचार
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
प्रधानमन्त्रीले गरे मुख्यसचिवसहित सबै मन्त्रीसँग कार्यसम्पादन सम्झौता
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल
सुदूरका मुख्यमन्त्री भट्टले लिए शपथ
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने
बडीमालिका पूजा आजदेखि प्रारम्भ
विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल






