काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढीप्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाइने बताएका छन्।
भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै अर्थमन्त्री वाग्लेले बाढीप्रभावित क्षेत्रमा २०७२ सालको भूकम्पमा जसरी नै पुनर्निर्माणको महाअभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम भने अत्यास लाग्दो रहेको उनले बताए। साथै वाग्लेले उद्धार र राहतको लागि तत्कालै आवश्यक पर्ने स्रोत र आवश्यतामा कमी नहुने गरी काम गरिरहेको बताए। “अहिले यो दुई–चार दिन हामी राहत र उद्धारमा नै खटिरहेका छौँ। अलपत्र पर्नुभएका धेरै नेपाली नागरिक एवं विदेशी पर्यटकहरू सबैको उद्धार चलिरहेको छ,” उनले भने, “मौसमले साथ दिएसम्म उद्धारका गतिविधिहरू चलिरहेकै छन्।”
अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई अर्ब ३४ करोड रहेको जानकारी गराए। “अर्थ मन्त्रालयले गृह मन्त्रालयको लागि एक अर्ब १७ करोड विनियोजन गरिसकेको छ,” उनले भने, “हामीसँग अहिले तत्काललाई साधन, स्रोत र आर्थिक आवश्यकतामा कमी नहुने गरेर अगाडि बढ्नको लागि मन्त्रिपरिषद्को बैठकले मलाई जिम्मेवारी दिएको छ।”
उनकाअनुसार विश्व बैंकले करिब रु २५ अर्ब जतिको आर्थिक सहायता दिने भएको छ। चीन, भारत, जापान सरकारबाट, एसियाली विकास बैंकबाट, इन्टरनेसनल फेडरेसन अफ द रेडक्रस जेनेभाबाट तुरुन्तै सहयोगहरू आउने प्रतिबद्धता आएको पनि उनले बताए।
सम्बन्धित समाचार
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
प्रधानमन्त्रीले गरे मुख्यसचिवसहित सबै मन्त्रीसँग कार्यसम्पादन सम्झौता
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल
सुदूरका मुख्यमन्त्री भट्टले लिए शपथ
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने
बडीमालिका पूजा आजदेखि प्रारम्भ






