जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको दुर्घटनामा मृत्यु

बारा । बारामा दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भएको खबर प्रहरीले जनाएको छ । कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको हो ।

बिहीबार राति करिब १० बजे बघवनबाट कलैयातर्फ आउँदै गरेको मधेस प्रदेश ०३–०२८ प ७१९६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता मिनबहादुर घलेले बताएका छन ।

दुर्घटना भएको खबर प्राप्त हुने बितिकै प्रादेशिक अस्पताल कलैयामा उपचारको लागि पठाईएको घलेले बताए । प्रारम्भिक अनुसन्धानबाट कलैया उपमहानगरपालिका–१४ का अन्दाजी ३५ वर्षीय पाण्डे रहेको उनले बताए ।

निजको अवस्था चिन्ताजनक रहेकोले थप उपचारको लागि विरगज स्थित बयोध्या अस्पताल पठाएक प्रहरी प्रवक्ताले बताए । अस्पतालका चिकित्सकले करिब १०:५० मा पाण्डेलाई मृत घोषित गरेको प्रवक्ता घलेले बताएका छन ।

निजको शव अस्पतालमा रहेको छ भने दुर्घटनामा परेको मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको उनले बताए ।

मृतक पाण्डे बारा क्षेत्र नम्बर ३(ख) का पूर्व प्रदेशसभा सदस्य पारसप्रसाद साहका स्वकीय सचिव समेत थिए। पछिल्लो समय उनी जनमत पार्टीका केन्द्रीय सदस्यका रूपमा सक्रिय राजनीति गर्दै आएका थिए । प्रत्येक समाजिक कार्यमा अग्र पंक्तिमा रहने पाण्डेको मृत्युले समाज शोकमा डुबेका छन ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिड्दै