जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६ महिला र १ सय १ जना पुरुष गरी कुल १ सय ७ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । समाजिक विकास मन्त्रालयका अनुसार महोत्तरी जिल्लामा १ जना, सर्लाही जिल्लामा ११ जना, रौतहट जिल्लामा ९० जना र पर्सा जिल्लामा ५ जना व्यक्तिहरुमा संक्रमण पुष्टि भएको हो ।
सर्लाही जिल्लाको बसबरिया गाउँपालिकाका ३५ बर्षीय पुरुष,चकरघट्टा गाउँपालिकाका ११ बर्षीय बालकसहित २८ बर्षीय पुरुष, सर्लाही जिल्लाकै इश्वरपुर नगरपालिकाका २५ र ५२ बर्षीय पुरुष, सोही नगरपालिकाकी ५ बर्षीया बालिका, बिष्णु गाउँपालिकका उमेर खुल्न नसकेका २ जना पुरुष र सर्लाही जिल्लाकै स्थान खुल्न नसकेका १९ र ४० बर्षीय पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु कामाडौंले गरेको छ ।
रौतहट जिल्लाको ईशनाथ नगरपालिकास्थित श्री जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका १२ र १५ बर्षका २ जना बालक, सोही क्वारेन्टाइनमा रहेका ४७ बर्षीय पुरुषसहित १९ देखि ४० बर्ष उमेर समुहका २१ जना पुरुष, रौतहट जिल्लाकै परोहा नगरपालिकास्थित लौकाहा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ९ र १५ बर्षीय बालिका, सोहि क्वारेन्टाइनमा रहेका ७ बर्षीय बालकसहित १ देखि १८ बर्ष उमेर समुहका ९ जना पुरुष, सोही क्वारेन्टाइनमा नै रहेका बर्ष ४५ र ५० का २ जना पुरुषसहित १९ देखि ४० बर्ष उमेर समुहका ३९ जना पुरुष, रौतहट जिल्लाकै देवाही गोनाइ नगरपालिकाका १६ बर्षीय बालकसहित २०, २५, २९ र ४० बर्षका पुरुष,रौतहट जिल्लाकै राजपुर नगरपालिकाका १० र ११ बर्षका बालकसहित १ देखि १८ बर्ष उमेर समुहका ५ जना पुरुष र सोहि नगरपालिकाका ५५ बर्षीय पुरुषसहित १९ देखि ५० बर्ष उमेर समुहका ७ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्सा जिल्लास्थित वीरगञ्ज उपमहानगरपालिका वडा नम्वर ५ का १९ बर्षीय पुरुष र ३४ बर्षीय महिला, पर्सा जिल्लाकै सखुवा पर्साैनी डेढ तथा ३ बर्षका बालक तथा ३० बर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै महोत्तरी जिल्लाका २३ बर्षीय पुरुषमा समेत संक्रमणको पुष्टि भएको छ ।
यस प्रदेशमा शनिबारसम्म ३१ हजार ३ सय १ जना व्यक्तिको थ्रोट स्वाब परिक्षण गरिएकोमा १ हजार ९ सय १३ जना संक्रमित भएका छन् भने १४ हजार ८ सय ३० जनाको नेगेटिभ नतिजा आएको छ । त्यस्तै १४ हजार ५ सय ५८ जनाको नतिजा आउन बाँकी रहेको छ ।
आरडिटी तर्फ अहिलेसम्म १४ हजार ८ सय २५ जनाको परीक्षण गरिएकोमा ७ सय १ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने १४ हजार १ सय २४ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले बताए । यस प्रदेशमा आज (शनिबार) मात्र ३ सय ७९ जनाको स्वाब संकलन र ३ सय १४ जनाको आरडीटी परिक्षण गरिएको छ ।
प्रदेशमा संक्रमित १ हजार ९ सय १३ मध्ये सबैभन्दा बढि रौतहटका ६ सय ७० जना रहेका छन् । त्यस्तै ४ सय ८२ जना सर्लाहीका,१ सय ८८ जना महोत्तरीका, १ सय ५९ जना धनुषाका,१ सय २७ जना पर्साका,१ सय २९ जना सप्तरीका, ८५ जना बाराका र ७३ जना सिरहाका व्यक्तिहरु छन् ।
१७९८१ जना क्वारेन्टाइनमा
प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ३२ हजार ३ सय ७ बेड क्षमताको ४ सय २८ वटा क्वारेन्टाइनमा अहिले १७ हजार ९ सय ८१ जनालाई राखिएको छ भने ९ हजार ८४ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ४ सय ११ बेड क्षमताको आईसोलेशनमा ८ सय ३४ जना बिरामीलाई भर्ना गरिएको बरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।
१७ जना डिस्चार्ज
पछिल्लो चौबीस घण्टामा प्रदेश २ मा १७ जना पुरुष कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन् । जसअनुसार बारा जिल्ला कलैया अस्पताल अन्तर्गत रहेको कोभिड विशेष अस्पतालमा उपचार गराइरहेका बारा जिल्ला कोहल्भी नगरपालिकाका १२ बर्षीय बालक उपचार पश्चात डिस्चार्ज भएका हुन् ।
२०७७ साल जेठ १६ गते गरिएको स्वाव परिक्षण पश्चात रिपोर्ट पोजेटेभि आएपछि निज बालकलाई बारा जिल्ला कलैया अस्पताल अन्तर्गत रहेको कोभिड विशेष अस्पतालमा जेठ २३ गते भर्ना गरिएको थियो । त्यसैगरी जेठ १६ गते नै स्वाव परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएका बारा जिल्लाको महागढीमाई नगरपालिका २८ र ३२ बर्षियहरु समेत उपचार पश्चात डिस्चार्ज भएका छन् । उनीहरुलाई पनि जेठ २३ गते नै बारा जिल्ला कलैया अस्पताल अन्तर्गत रहेको कोभिड विशेष अस्पतालमामा भर्ना गरिएको थियो । जेठ १६ गते नै स्वाब परिक्षण गरिएका बिश्रामपुर गाउँपालिकाका ३० बर्षीय २ जना पुरुषहरु समेत उपचार पश्चात डिस्चार्ज भएका छन् । उनीहरुलाई जेठ २४ गते बारा जिल्ला कलैया अस्पताल अन्तर्गत रहेको कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो ।
यसैगरी गण्डक अस्पताल वीरगञ्जको आईसोलेसन कक्षबाट ५ जना, धनुषा जिल्ला स्थित प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत लक्ष्मीनिया गाउँपालिकामा रहेको वि.पि. मेमोरियल पोलिटेक्निकल ईन्स्टिच्यूटको आइसोलेसन कक्षबाट ३ जना र महोत्तरी जिल्लास्थित जलेश्वर अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालबाट ४ जना संक्रमितहरु उपचार पश्चात स्वस्थ्य भई डिस्चार्ज भएका छन् । पछिल्लो चौविस घण्टामा डिस्चार्ज भएका १७ जनासहित यस प्रदेशका ४ सय ३७ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भइसकेका छन् ।