कालीकोटमा वडा अध्यक्ष रंगेहात पक्राउ

कालिकोट । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ का वडाध्यक्ष दलबहादुर विश्वकर्मालाई (प्रकाश) आपत्तीजनक अवस्थामा स्थानियले रंगेहात पक्राउ गरेका छन् । अत्याधिक मदिरा सेवन गरेका अध्यक्ष विक नरहरिनाथ गाँउपालिका वडा नं. ७ की एक स्थानीय महिलासँग अवैध सम्बन्ध राख्दै गर्दा स्थानीयले स्थानियले पक्राउ गरेका थिए ।
पटक–पटक एक महिलाको घरमा जाने वडाध्यक्ष बिकलाई त्यहाँका स्थानीय नागरिकले निगरानी राखी अवैध सम्बन्ध राख्दै गर्दा रंगे हात पक्राउ गरेका हुन् ।

स्थानीय ध्रुवविक्रम शाहीले वडा अध्यक्ष बिकले मदिरा सेवन गरेपछि ‘गाँउको राजा हुँ’ भन्दै गाली गजैल गर्दै हिँडने गरेको बताउछन् । उनले यसअघि पनि केही महिलाहरुलाई दुव्र्यवहार गर्ने गरेका थिए । लकडाउन अवधीमा दुव्र्यबहारका तीन घटना घटाएको वाहिर आएको थियो ।

यसअघि पनि अध्यक्ष विकले बिभिन्न अपराध गर्ने र पछि धाक धम्की र लोभ देखाएर मिलापत्र गर्ने गरेको स्थानियको भनाई छ । नेकपा जिल्ला कमिटी सदस्य समेत रहेका विश्वकर्माले पटक पटक यस्तो हर्कत गर्दा पनि पार्टी चुप लागेको भन्दै स्थानीयले विरोध गरेका छन् । अध्यक्ष बिकले आरोपित महिला आफ्नै बहिनी भएको भन्दै रंगेहात पक्राउ परेको अस्वीकार गरे ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

epaper

ताजा समाचार

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित