चिनियाँ एजेन्ट बने अमेरिकी पत्रकार, अमेरिकी अदालतले सुनायो जेल सजाय

वासिंगटन । चिनियाँ सरकारका लागि अमेरिकाभित्र गैरकानुनी रूपमा विदेशी एजेन्टका रूपमा काम गरेको अभियोगमा अमेरिकी पत्रकार थोमस वेयर पाउकेन द्वितीयलाई संघीय अदालतले दुई वर्ष जेल सजाय सुनाएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।

५१ वर्षीय पाउकेनले यस वर्षको सुरुआतमा अभियोग स्वीकार गरेका थिए । अदालतले उनलाई जेल सजायपछि ३६ महिना निगरानीमा राख्ने र सो अवधिमा विदेश यात्रा गर्न नपाउने आदेशसमेत दिएको छ । उनका वकिल चाल्र्स बर्नह्यामका अनुसार पाउकेनले फैसलाविरुद्ध अपिल नगर्ने निर्णय गरेका छन् ।

वासिङ्टन र बेइजिङबीच तनाव बढिरहेका बेला चिनियाँ सरकारका लागि कानुनी रूपमा आवश्यक खुलासा नगरी काम गरेको आरोपमा भएको यो पछिल्लो अमेरिकी संघीय अभियोजन हो । राष्ट्रिय सुरक्षाका लागि सहायक महान्यायाधिवक्ता जोन ए. आइसेनबर्गले पाउकेनले चिनियाँ राज्य सुरक्षा मन्त्रालय (एमएसएस) का लागि संवेदनशील सूचना संकलन, व्यक्ति भर्ती र अन्य गतिविधिमा सहयोग गरेको आरोप लगाए ।

पाउकेनले सन् २०१० मा चीन गएपछि सिसिटिभीसहित विभिन्न चिनियाँ सञ्चारमाध्यममा पत्रकारका रूपमा काम गरेका थिए । सन् २०२४ देखि उनी चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वामा सम्पादकका रूपमा कार्यरत थिए ।

अदालतमा पेस गरिएको शपथपत्रअनुसार कम्तीमा सन् २०१९ देखि पक्राउ पर्नुअघिसम्म पाउकेनले ‘क्याथी’ नामले चिनिने एक व्यक्तिको निर्देशनमा काम गरेका थिए । न्याय मन्त्रालयका अनुसार उनले सो कामबापत कम्तीमा एक लाख अमेरिकी डलर प्राप्त गरेका थिए । उनलाई संवेदनशील सूचना उपलब्ध गराउन सक्ने व्यक्तिहरू भर्ती गर्नसमेत निर्देशन दिइएको थियो ।

पाउकेनले चिनियाँ पक्षलाई कुनै वर्गीकृत सूचना नदिएको उनका वकिलले बताएका छन् । पाउकेनले भने आफूमाथिको जिम्मेवारी स्वीकार गर्दै अदालतको सजाय सम्मान गरेका छन् ।

अमेरिकी अधिकारीहरूले उनलाई जनवरी २०२५ मा अमेरिका फर्कने क्रममा रोकेर सोधपुछ गरेका थिए । उनलाई गत फेब्रुअरीमा पक्राउ गरिएको थियो ।

टेक्सासका पाउकेनले चीनमा काम गर्दा ‘टम म्याकग्रेगर’ उपनामसमेत प्रयोग गरेका थिए । उनले अमेरिका–चीन सम्बन्ध र चीनको सेन्जेन सहर’bout दुई पुस्तक प्रकाशित गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)

epaper

ताजा समाचार

बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ?