काठमाडौं । जलस्रोत मन्त्रालयले उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्याउन चीनले नेपालसँग आपतकालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर आदानप्रदान गर्ने भएको छ ।
यसमा नदीमा बनेका अवरोध (ब्यारियर) तथा हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी जानकारीसमेत समेटिने चिनियाँ दूतावासले जानकारी दिएको छ ।
चीनको मौसमसम्बन्धी अधिकारीहरूले चीन–नेपालको केरुङ –रसुवा सीमा नाकामा भीषण पहिरो गएपछि नेपाललाई मौसम निगरानी, मौसम पूर्वानुमान, पूर्वसूचना तथा प्रभावसम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको थियो ।
विपद्पछि चीनको मौसम प्रशासनले तत्कालै नेपालको मौसम विज्ञान विभागसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्श गरेको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)
सम्बन्धित समाचार
२० स्थानीय तहका फोहोर खर्चको भार काठमाडौं महानगरमाथि
चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु
अटोबाट खसेको ५० हजार रुपैयाँ पूर्वहवल्दारले फिर्ता गरे
बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिन बोलाइएको बैठक सोमबार बस्नै सकेन, अर्काे बैठक भोलि ४ बजे
३५ वर्ष जागिर खाँदा १० करोड अबैध कमाइ
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि एमाले महासचिव पोखरेल नेतृत्वको टोली नुवाकोट प्रस्थान
बाढीमा फेला परेका ४८९ शवमध्ये ३९३ को पहिचान हुन सकेन
बाढीपीडित क्षेत्रमा ७ हजार सेना परिचालित, आज मात्रै २०८ जनाको उद्धार






