पर्वतको दुर्लुङमा पहिरोले घर पुर्दा ६ वेपत्ता, ३ को मृत्यु

पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङको सरौनचौरमा भीषण बर्षातका कारण पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । शनिवार साँझबाट आएको खण्ड बृष्टिका कारण पहिरो जाँदा २ वटा घर पहिरोले पुरेको छ । पहिरोले घर पुर्दा ३ जनाको मृत्यु भएको छ भने ६ जना मानिस पहिरोमा हराइरहेका छन् ।

पहिरोमा परेर स्थानीय तुलबहादुर थापा, उनकी श्रीमति मिनकुमारी थापा र ११ बर्षिया बालिका दिविसा थापाको मृत्यु भएको हो । उनीहरुको शव पहिरोले पुरिएको अवस्थामा शनिवार राती निकै निकालिएको थियो । पहिरोले स्थानीय तुलबहादुर थापा र कमला विकको घर पहिरोले पुरेको पुरिएको हो । पहिरोमा थापाको परिवारमा थापाको परिवारमा ६ जना र विकको परिवारका ३ जना मानिस पुरिएका थिए । अहिले पहिरोग्रस्त क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले पुरिएका मानिसहरुको खोजी गरीरहेको छ ।

हिजो राती करिब १० बजेको समयमा पहिरो गएका कुश्मा ३ का वडाअध्यक्ष तेजप्रसाद पाध्याले जानकारी दिए । ‘भिषण पानी आएको थियो’ उनले भने–‘गाउँमा भएको भौतिक क्षतिको विवरण संकलन हुँदैछ ।’ मनसुन शुरु हुनै लाग्दा उक्त वस्तीमा ठूलो मात्रामा पानी परेको थियो । बर्षातका कारण अन्य घरहरुमा समेत क्षति पुगेको स्थानीय इन्द्र पौडेल बताउँछन ।

पहिरोग्रस्त क्षेत्रमा उद्धारमा सुरक्षाकर्मीहरु र स्थानीयबासी हिजो रातिबाट खटिएको प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले जानकारी दिए । रातको समय भएका कारण हिजो राती नै थप उद्धार गर्न कठिनाइ भएको रेग्मीको भनाई छ । सुरक्षाकर्मी र स्थानीयबासी आइतबार विहान देखिन हराइरहेका मानिसहरुको खोजीमा जुटेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

epaper

ताजा समाचार

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित