विष्णुमतीपछि बागमती नदीले पनि जल सतह सतर्कता तह पार गर्‍यो, बिहानसम्म उच्च सतर्क रहन अनुरोध

फाइल तस्वीर

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले काठमाडौंको विष्णुमतीपछि बागमती नदीमा पनि जल सतह सतर्कता तह पार गरेको भन्दै नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई भोलि बिहानसम्मै उच्च सतर्कता अपनाउन भनेको छ ।

महाशाखाले राति १० बजे सूचनामार्फत यस्तो आग्रह गरेको हो । सूचनामा बागमती नदीले गौरीघाट जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको उल्लेख छ । आज साँझदेखि परेको वर्षाले काठमाडौं उपत्यकाका खोलानालामा बाढीको स्तर बढाइरहेको महाशाखाले जनाएको छ ।

यसअघि आजै राति ८ बजेर ४० मिनेट जाँदा विष्णुमती नदीको जल सतह खतराको तह नजिक पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको थियो । 

महाशाखाले गोंगबु जलमापन केन्द्रले विष्णुमतीको जल सतह खतरा तह नजिक मापन गरेको जनाएको थियो ।

उता, सिन्धुपाल्चोकस्थित मेलम्ची, बोल्डे, ढुंगे तार्के, सेर्माथाङ र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको तथा थप वर्षा हुने सम्भावना रहेकाले मेलम्ची खोला र इन्द्रावती नदीको तल्लो तटीय क्षेत्र दोलालघाट दोभानसम्मका बासिन्दालाई बिहानसम्मै सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

विष्णुमतीपछि बागमती नदीले पनि जल सतह सतर्कता तह पार गर्‍यो, बिहानसम्म उच्च सतर्क रहन अनुरोध