काठमाडौँ । लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।
साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ४४ तथा कप्तान रोहित पौडेलले अविजित २४ रन बनाए ।
त्यसअघि ईशान पाण्डेले ४० तथा देव खनालले ३९ रन बनाए । आसिफ शेखले २० र अर्जुन कुमालले १५ रन बनाए । साउदीका लागि इस्तियाख अहमद र मुहम्मद आतिफले २-२ तथा मोहम्मद हिशमले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो ।
साउदीका लागि अब्दुल वाहीदले सर्वाधिक ७७ रन बनाए । मोहम्मद आतिफले ३० रन बनाए । मोहम्मद हिशम शेखले १८ रन बनाए ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा १९ रन दिएर ३ विकेट लिए । ललित राजवंशीले १० ओभरमा २६ रन दिएर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले पनि ३ तथा शेर मल्लले १ विकेट लिए ।
यसअघि नेपालले बहराइन र मलेसियालाई पराजित गरेको थियो । नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङको सामना गर्नेछ । उक्त खेलपछि समूह विजेताको टुंगो लाग्नेछ ।
सम्बन्धित समाचार
विश्वकप फाइनलमा झगडा गर्ने अर्जेन्टिनाका ३ खेलाडीमाथि कारबाही
टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित
मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो
पिकलबल विश्वकप खेल्ने नेपाली टोली घोषणा
टप एन्ड टी–२० सिरिज : सेमिफाइनल सम्भावना कायमै राख्न जित्नैपर्ने दबाबमा नेपाल
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिड्दै
रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
मलेसियामाथि नेपालको ६ विकेटको जित






