वीरगन्ज । भोटेकोशीको ताण्डब बाढीले मुलुक शोकमा डुबेको छ । तर पर्सामा भने सखुवाप्रसौनी गाउँपालिकाका सरकार प्रमुख जसवन्त यादव, इलाका प्रहरी कार्यालय पोखरियाका इन्चार्ज प्रहरी निरिक्षक प्रदिप पौडेल र भोजपुरी फिल्मका चर्चित नेपाली नायक (हिरो) प्रदेशी साह भने क्यासिनोको मोजमस्तीमा रहेकै समयमा रंगेहात पक्राऊ परी सर्वनाक बनाएका छन् ।
उनीहरु सहित ८ जना वीरगन्ज १४ गण्डकमा रहेको गोल्डेन फिंगर गमिङ प्रा.लि. नामक क्यासिनो हाउसबाट शनिबार राती साढे १० बजे पक्राउ परेका हुन् ।
नेपाली नागरिकलाई क्यासिनो खेल्ने र खेलाउने कुरा कानूनी रुपमा बर्जित छ । यो कुरा बार ईकाइ पर्साका पूर्व अध्यक्ष तथा अधिवक्ता कमल मोहन पोख्रेलले पनि जनाए । तथापि नेपाल प्रहरीका धेरै सुरक्षाकर्मी भोटेकोशी बाढी पीडितको उद्दार र राहतका लागि दिनरात नभनी ज्यान जोखिममा हालेर खटिरहँदा सीमावर्ती जिल्लामा खटेका प्रहरी निरीक्षक र स्थानीय सरकार प्रमुख तथा नायक समेतको हर्कत भने राम्रो नपाइएको हो ।
लाभको ख्याव
मुलुकको प्रमुख भन्सार नाका समेत रहेको सीमावर्ती जिल्लामा अवैध गतिविधिबाट अतिरिक्त लाभ आर्जन गर्न सकिन्छ कि ? भन्ने मनसुवाले पावर र पहुँचको भरमा इलाका प्रहरी कार्यालय पोखरिया, पर्साको इन्चार्ज भई आएका प्रहरी निरिक्षक स्याङ्जा हरिनास गाउँपालिका ७ का ३६ वर्षीय प्रदिप पौडेल नभन्दै क्यासिनोको रसरंगमा मदहोस् रहेकै समयमा पक्राउ पर्नु सर्वसाधारणले पनि शंकाको दृष्टिले हेर्न थालेका छन् ।
जनताको जीवनस्तर उकास्न नीति बनाउने र कार्यान्वयन गराउने स्थानीय सरकार प्रमुख भनिएका पर्साको सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जयवन्त यादव समेत क्यासिनोबाट एकसाथ पक्राऊ पर्नु पदको दूरुपयोग गरी अतिरिक्त लाभ हासिल गरेको उन्माद छचल्किएको सर्वसाधारणको टिप्पणी छ ।
गाउँपालिका अध्यक्ष यादव र प्रहरी निरीक्षक पौडेल क्यासिनोमा फेला पर्नु कानूनी रुपमा भागेदार हुने कुरा त छँदैछ । तर सर्वसाधारणका लागि पनि उनीहरुबाट सकारात्मक सन्देश दिने ठाउँ सकिएको कृषि वैज्ञानिक हृदयराज गौतमको भनाइ छ । आफै कानून बनाउने र पालना गर्ने मानिसले नै कानून उलंंघन गर्दै हिड्नु लाजमर्दो भएको उनले तर्क गरे ।
पक्राउ पर्नेहरुः
अध्यक्ष यादव र प्रहरी निरीक्षक पौडेल सहित क्यासिनोमा जुवा खेल्नेमध्ये पर्साको सखुवा प्रसौनी ६ कै ३० वर्षीय चन्दन सहनी, वीरगन्ज महानगरपालिका ११ का ओम प्रकाश बैठा रहेका छन् । त्यसै गरी नेपालीलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न वीरगन्ज १२ घर भएका भोजपुरी फिल्मका नायक प्रदेशी साह, वीरगन्ज १४ का विजय कुमार पटेल, वीरगन्ज २५ का दिनेश कुमार पटेल र महोत्तरी पिपरा गाउँपालिका ५ का जयदेव साह पनि पक्राउ परेको पर्साका प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले बताए ।
अभियुक्तहरु माथि कस्तो कानून आकर्षण
प्रहरीद्वारा पक्राउ परेका अध्यक्ष यादव र प्रहरी निरीक्षक पौडेलसहितका आठै जना अभियुक्तहरु पर्सा प्रहरीको कष्टडीमा रहेको पर्साका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए । पक्राउ परेकाहरु माथि जुवा ऐन सम्बन्धी कानून आकर्षित हुने उनको भनाइ छ ।
जुवा एनेमा कसुर प्रमाणित भए ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने पाइएको छ । अभियुक्तसँगै बरामद भएका पैसा र सामान जफत हुन सक्ने र जुवाबाट प्राप्त चल वा अचल सम्पत्ति जफत हुन सक्ने पनि पाइएको छ । तर जुवा खेलेको घर, कोठा, ठाउँ वा सवारीसाधन भने स्वतः जफत नहुने कानून व्यवसायीहरुको भनाइ छ ।
सम्बन्धित समाचार
सूचना आदान गर्न विशेष टोली गर्न नेपाल भारतबीच सहमति
‘भगवान श्रीकृष्णको महिमाले छोराको पुनर्जन्म भो’
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
फौजदारी मुद्दा खेपिरहेका एनआइएमबीका सिइओ र बोर्ड सदस्य नियमावलीविपरित जिम्मेवारीमा
प्रधानमन्त्री बालेन कालो चस्मा लगाएर संसदमा प्रस्तुत हुने
सिमराबाट फेरि अर्की बालिका बेपत्ता
बाढी प्रभावित क्षेत्रबाट फर्के प्रधानमन्त्री बालेन, भौतिकमन्त्री लम्साल नुवाकोटमै
मुख्यसचिवसहित सचिवहरूसँग प्रधानमन्त्रीले गरे आपतकालीन छलफल






