मुम्बई । बलिउड अभिनेता आमिर खानले आफ्नो mिल्म ‘लालसिंह चड्डा’को रिलिज आगामी डिसेम्बरमा हुन सक्ने बताएका छन् । आफ्नो सिनेमाको केही दिनको मात्र छायांकन बाँकी भएकाले कोरोना संक्रमणको अवस्था अहिलेको भन्दा निकै साम्य भएपछि मात्र त्यो बाँकी सुटिङ गर्ने आमिरले बताएका छन् ।
अहिले बालिउडका फिल्महरू सिनेमा हलको सट्टा डिजिटल प्लेटफर्ममा रिलिज भएको छ । तर, आफ्नो फिल्मलाई दर्शकले सिनेमा हलमै देख्न पाउने पनि अभिनेता आमिरले बताएका छन् ।
यही यो फिल्म आगामी डिसेम्बरमा आएन भने अरू तीन-चार महिनापछि सर्ने पनि सम्भावना रहेको निर्माण टिमको कथन छ । तर, यो विषयमा आमिरले प्रतिक्रिया दिएका छैनन् । हलिउड फिल्म फरेस्ट गमको रिमेक गरिएको आमिरको यो फिल्मको ९० प्रतिशतभन्दा बढी छायांकन सकिएको छ ।
यो फिल्ममा आमिरसँगै करिना कपुरको मुख्य भूमिका रहेको छ । सिनेमाको अब छायांकन पूरा गर्ने कि भन्ने निर्माण पक्षबीच चर्चा चलेको बेला आमिरले फिल्मको बाँकी छायांकन हतार नभएको बताएका हुन् । छायांकन सकिएको दृश्यको पोस्ट प्रोडक्सन कामलाई अघि बढाउने यी अभिनेताको कथन छ ।






