तनहुँ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले कर्मचारीले औंपचारिकता मात्रै सिमित नभै परिणाममुखी काम गर्न निर्देशन दिएका छन् ।
वन निर्देशनालय पोखराको आयोजनामा तनहुँको बन्दीपुरमा आयोजित गरिएको मन्त्रालय मातहतका कार्यालयको प्रथम चौमासिक समीक्षा कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
औपचारिकतामा मात्रै सिमित भए राज्यले गम्भीर घाटा नोक्सानी र हैरानी बेहोर्न बाध्य हुने बताउँदै आफ्नो पेशागत मर्यादालाई सधै उच्च राख्न हर्दम चनाखो सबै हुनुपर्ने छ’, उनले भने । प्रत्येक कर्मचारीले आ आफ्नो काम, कर्तव्य र अधिकार प्रति सधैं सचेत भएर लाग्न सके देशको विकासको मुहार चाँडोभन्दा चाँडो फेरिनेमा उनले विश्वास व्यक्त गरे ।
प्रत्येक तह र तप्कामा रहेका कर्मचारीहरुलाई आत्माबोध, आत्मा अनुशासन र समयको परिपालन अति आवश्यक रहने हुँदा स्वयम् महशुस गर्न निर्देशन दिए । मन्त्री लम्सालले वन र उद्योगमा आधारित व्यवसाय संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा समेत उनले जोड दिए।
‘तनहुँ र नवलपुरजिल्ला बाहेक अन्य जिल्लामा वन संरक्षण र उत्पादन घट्दा आफु अत्यन्तै चिन्तित भएको छु, यसका लागि हाम्रो वन संरक्षण प्रयासमा जुट्न पहल गरिनेछ’, उनले भने । उनले त्यसतर्फ ध्यान केन्द्रित गर्न वन कर्मचारीहरुलाई समेत आग्रह गरे । ‘काम गर्दा श्रद्धा जाग्नु, अपन्वत्वको भावना श्रृजना हुनु आब्श्यक छ तबमात्रै काम परिणाममुखी हुन सक्छ’, उनले भने।
आँखामा छारो र झारा टारुवा कामले अन्य मुलुकको तुलनामा हाम्रो देश ५० बर्ष विकासका नाममा पछि पर्नु अत्यन्तै दुखद भएको बताए । ‘हामी सचेत र सजग हुनु अपरिहार्य छ’, उनले भने । हेलचेक्राईं र लापरबाहीकाकारण हामी पछि पर्न सकिने भएको बताउँँदै पर्यटन मन्त्री लम्सालले कर्तव्यपारायण भएर लाग्नुपर्ने बताए ।
कुनै पनि शीर्षकमा विविध विषयमा छुट्टयाइएको बजेट खर्च गर्नु अघि परिणाम मुखी नतिजामा आधारित भएर काम सम्पन्न भए त्यसको अर्थपूर्ण प्रभावकारिता रहने मन्त्री लम्सालको भनाइ रहेको थियो ।
उक्त प्रथम चौमासिक समिक्षा कार्यक्रममा मन्त्रालय मातहतका जिल्ला वन कार्यालय, पर्वत र तनहुँस्थित भू–तथा जलाधार व्यवस्थापन कार्यालय, प्रदेशस्तरीय वन्यजन्तु उद्धार पचभैया प्राणी उद्यानको प्रथम चौमासिक प्रगतिमाथि छलफल शुरु गरिएको छ ।