दुर्घटनामा गाउँपालिका अध्यक्षको निधन

नवलपरासी । गाडी दुर्घटनामा परी प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको निधन भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीको जिल्ला बिपद ब्यवस्थापन समितिको बैठक सकेर गाउँपालिका फर्किने क्रममा उनी चढेको गाउँपालिकाको स्कार्पियो गाडी (लु १ झ ३७०) खोलामा खसेर गम्भीर घाइते भएका अध्यक्ष शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी बैठक सकेर गाउँपालिका फर्किने क्रममा पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिका-४ स्थित लक्ष्मीनगर पुलमा गाडी ठोकिएर खोलामा झरेपछि उनी गम्भीर घाइते भएका थिए । उनलाई नजिकको चिसापानी सामुदायिक अस्पतालमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । चालक घाइते भएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 376 times, 1 visits today)

epaper

ताजा समाचार

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम