Friday, June 18, 2021
Home Breaking News पर्वतमा पहिरोले पुरिएर दुई परिवारका ९ जनाको मृत्यु

पर्वतमा पहिरोले पुरिएर दुई परिवारका ९ जनाको मृत्यु

,

पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा बस्तीभन्दा माथिबाट आएको पहिरोले पुरिएर दुई घरपरिवारका नौजनाको मृत्यु भएको छ । शनिबार राति ७ बजेपछि आएको वर्षासहितको पहिरोले स्थानीय तुलबहादुर थापाको परिवारका छ र विकास विकको परिवारका तीनजनालाई पहिरोले पुरेको छ ।

पहिरोले पुरिनेमा ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी थापा, नातिनी आठ वर्षीया बिबिसा र नाति १४ वर्षीय सम्राट थापा, तुलबहादुरकी विवाहित छोरी ३४ वर्षीया दीपा थापा र दीपाका छोरा १७ वर्षीय विवेक थापाको मृत्यु भएको छ ।

त्यसैगरी विकास विककी श्रीमती ३२ वर्षीया कमला विक तथा उनकी छोरी ८ वर्षीया प्रमिशा विक र १३ वर्षीय जेनिस विक पनि पहिरोले पुरिएर ज्यान गएको छ । समाचार तयार पार्दासम्म जेनिश विकको शव भने भेटिएको थिएन । खोजी कार्य जारी रहेको छ ।

तुलबहादुरका छोरा अम्मर थापा र बुहारी रिमाया थापा भने ज्यान जोगाउन सफल भएका छन् । उनीहरु घरदेखि झण्डै पाँच सय मिटर परको डाँडामा पसल सञ्चालन गर्दै आएका थिए । उनीहरु पसलमै रहेका कारण ज्यान जोगिएको स्थानीय ऋषिराम पौडेलले जानकारी दिए ।

यता कमला विकका श्रीमान् विकास विक भने रोजगारीका लागि साउदीमा रहेका छन् । उनी लकडाउन खुलेलगत्तै स्वदेश फर्किने तयारीमा थिए । तुलबहादुरी छोरी दीपाको घर बागलुङको जैमिनी नगरपालिका–१ पैँयुथन्थाप हो । उनी कुश्माबजारमा छोरा पढाएर बस्दै आए पनि यतिबेला माइतीमा बसेकी थिइन् । उनका श्रीमान्समेत रोजगारीका लागि खाडी मुलुक साउदीमा रहेका छन् ।

पहिरो गएलगत्तै कुश्माबाट पुगेको तीनवटै सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियतामा राति १ बजेसम्म तीन र बिहान पाँचवटा शव निकालिएको हो । जेनिश विकको भने खोजी भइरहेको पर्वतका प्रहरी प्रमुख विश्वराज अधिकारीले बताए । मृतकहरुको शव दिनभरि स्थानीय स्वास्थ्य चौकीमा राखेर साँझ परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । परीक्षण सकिएपछि सोमबार सामूहिक दाहसंस्कार गरिने स्थानीय प्रभु गुरुङले जानकारी दिए ।

पहिरोबाट बस्ती आसपासमा रहेका झण्डै आधा दर्जन घर जोखिममा परेका छन् । उनीहरुलाई सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ । उनीहरुको पुख्र्यौली बसोबास सोही गाउँको ढकालवारीमा थियो । सो स्थानमा समेत पहिरो र बाढीको समस्या भएपछि पाँच वर्षअघि मात्र जग्गा किनेर काउलेमा आएका थिए ।

यसैबीच पीडितलाई समवेदना दिनका लागि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रतिनिधिसभाका सांसद पदम गिरी, गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमान, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीलगायत गाउँ पुगेका थिए । प्रदेश सरकारले प्रतिव्यक्ति रु ५० हजारका दरले राहत रकम पीडित परिवारलाई हस्तान्तरण गरेको छ भने जिल्ला दैवीप्रकोप उद्धार समितिले पनि पीडित परिवारलाई रु एक लाखका दरले राहत प्रदान गरेको छ ।

(Visited 162 times, 1 visits today)
Loading comments...

आजको समाचार

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

आरआरआरमा आलियाले पाइन् अहिलेसम्मकै धेरै पारिश्रमिक

  मुम्बई । ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ आम दर्शकका लागि चासोको विषय बनेको छ । कोरोना संक्रमणले फिल्मको सुटिङमै अवरोध भएपछि फिल्म कहिले...

गर्मी छल्न पाटन उक्लेका भेडिगोठको विचल्ली

  जुम्ला । गर्मी छल्न पाटन उक्लेका भेडिगोठहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । भेडाको बथान सँगै पाटन र खर्कहरुमा बसेका भेडिगोठालाहरु अहिले विचल्लीमा छन्...

जुम्लाकाे पातरखाेलामा पहिराेले १० घर भत्किए,सिंगाे गाउँ जाेखिममा

  जुम्ला ।  जुम्लाकाे हिमा गाउँपालिकामा पहिराेले १० वटा घर भत्किएका छन्। हिमा गाउँपालिका वडा नम्वर ६ र ७ मा पहिराेले १० वटा घर भत्किएकाे...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

साताका लोकप्रिय समाचार

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

दाइजोमा ग्यास चुल्हाे र सिलिन्डर नल्याएकाे भन्दै श्रीमतीलाई निर्घात कुटपिट

  सर्लाही ।  दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायत सामग्री नल्याएको भन्दै सर्लाहीमा एक युवकले  नवदुलहीमाथि निर्घात कुटपिट गरेका छन् । दाइजोमा ग्यास चुल्हो र सिलिन्डर नल्याएको...

मनाङमा एक बेपत्ता, उद्दारमा खटिएको टोली गन्तव्य पुग्न सकेन

लमजुङ । हिमाल पारीको जिल्ला मनाङमा अविरल वर्षले जनजीवन प्रभावित भएको छ । बाढीमा परेर एक जना बेपत्ता भएका छन् । अझै वर्षा नरोकिएकाले...

संघीय नीतिलाई प्रदेश सरकारको ‘काउन्टर’

काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ को बजेटमार्फत ल्याएको ढुंगा, गिट्टी, बालुवा निर्यात गर्ने नीति विवादमा छ । चुरेको दोहन हुने र...

छोरीको प्रेमीलाई फसाउन घरमा पेस्तोल राखेका थिए चौधरीले

  उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले अमेरिकन पेस्तोल र त्यसका लाग्ने गोली म्यागजीन सहित बिहीवार एक जनालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका–...

ट्रेन्डिङ

‘होम आइसोलेशन’का आठ जनाले जिते कोरोना

कास्की । पोखरा महानगरपालिका–५ मालेपाटन स्थित बागवानी अनुसन्धान केन्द्रमा बागवानी अधिकृत पदमा कार्यरत सरोज अधिकारीलाई गत साउन २६ गते कोरोना सङ्क्रमण पुष्टि भयो ।...

२०७६ धानेका यी चार अभिनेता

काठमाडौं । ३ वैशाख २०७६ साललाई तीन जना क्यारेक्ट कलाकारले धानेका थिए । २०७६ मा सर्वाधिक व्यापार गर्ने चलचित्र ६ माया छपक्कैको मुख्य अभिनेतामा...

मकालु ट्रेकिङमा विदेशीसँग आएका १५ भरिया अलपत्र

संखुवासभा । संखुवासभाको मकालु हिमाल ट्रेकिङ गर्न विदेशी पर्यटकसँग आएका १५ जना भरिया सभापोखरीमा अलपत्र परेका छन् । विदेशी पर्यटकका भरियाका रुपमा संखुवासभा आएका...

सप्तरीमा लकडाउनको उल्लंघन गर्ने क्रम बढ्यो

सप्तरी । कोरोना संक्रमणको पुष्टि भएपनि दुई दिन यता लकडाउनको पालना भने ठिक ढंगले हुन सकेको छैन । अघिल्लो दिन डाक्नेश्वरी नगरपालिकामा एक १८...

विशेष अदालतमा १८ वर्षयताकै धेरै मुद्दा दर्ता

काठमाडौं । विशेष अदालतको १८ वर्षको इतिहासमै सबैभन्दा धेरै मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा यस वर्ष मात्रै ४...

पार्टी बैठक बोलाउन माग गर्दै ग्यापन पत्र

बीरगंज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी पर्साका ५१ जना जिल्ला कमिटी सदस्यहरुले अध्यक्ष प्रभु हजारालाई बैठक बोलाउन माग गरेका छन् । पर्सा पार्टी...

बुबाकाे हत्या गरेर छाेरी फरार

इलाम ।  इलाममा गए राति एक युवतीले आफ्नै बुबाको हत्या गरेकी छन् । इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको हत्या गरेकी...

तनहुँकी ६९ वर्षिया महिलाले जितिन् कोरोना

काठमाडौ । तनहुँको व्यास नगरपालिका–१ रतौली निवासी ६९ वर्षीया महिलाले कोरोनालाई जितेर सकुशल घर फर्र्किएकी छिन् । उच्च मनोबलकै कारण उनले कोरोना जित्न सफल...

अमरगढी नगरपालिकाको कोरोना नियन्त्रणमा एक करोड बढी खर्च

डडेल्धुरा । अमरगढी नगरपालिकाले कोभिड–१९ नियन्त्रणमा भएको खर्च सार्वजनिक शुक्रबार सार्वजनिक गरेको छ । २०७६ चैत्र महिनादेखि २०७७ असार मसान्तसम्मको कोभिड–१९ नियन्त्रणमा १ करोड...

रोपाइँअघि धानको मूल्य निर्धारण

काठमाडौं । सरकारले पहिलोपटक रोपाइँ हुनु अघि नै धानको समर्थन मूल्य तोकेको छ । यसअघि सरकारले धान काट्न सुरु गरेपछि मात्र धानको समर्थन मूल्य...

प्रशासकीय अदालतको नियुक्तिमा कानुनमन्त्रीको मनोमानी

काठमाडौं । सरकारले प्रशासकीय अदालतमा गरेको नियुक्ति कानुनविपरीत रहेको पाइएको छ । प्रशासकीय अदालत ऐन २०७६ बमोजिम प्रशासकीय अदालतमा नियुक्त हुने व्यक्तिहरू न्याय, कानुन...

सरकार चलाउन कांग्रेसको अरुचि

काठमाडौं । २० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा भने...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)