प्रदेश २ मा थपिए ११० जना कोरोना संक्रमित

जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ सय ५ जना पुरुष र ५ जना महिला गरी कुल १ सय १० जना व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमितमध्ये धनुषा जिल्लाका १, सर्लाही जिल्लाका ६, रौतहट जिल्लाका ७४, बारा जिल्लाका १२ र पर्सा जिल्लाका १७ जना व्यक्ति रहेका छन् । योसँगै यस प्रदेशमा कुल संक्रमितको संख्या २ हजार २३ पुगेको छ ।

आज संक्रमित भएकाहरु धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकास्थित गोपाल धर्मशालाको क्वारेन्टाईनमा रहेका ३० वर्षीय पुरुष, सर्लाही जिल्लाको बरहथवा नगरपालिकाका १९ वर्षीय पुरुष तथा सर्लाही जिल्लाकै हरिपुर नगरपालिकाका १ देखि १८ वर्ष उमेर समुहका ३ जना र ४२ वर्षीय पुरुष, रौतहट जिल्लाको बृन्दाबन नगरपालिकाका १८ वर्षीय किशोरसहति २१ र २५ वर्षीय पुरुष रहेका छन् ।

रौतहट जिल्लाकै परोहा नगरपालिकाका १ देखि १८ वर्ष उमेर समुहका २ जना र सोही नगरपालिकाका १९ देखि ४० वर्ष उमेर समुहका ७ जना पुरुष, राजपुर नगरपालिकाका ५ वर्षीय बालिकालाई संक्रमण देखिएको छ । सोही नगरपालिकाको १४ वर्षीय बालकसहित १९ देखि ४० वर्ष उमेर समुह ४ जना र १ देखि १८ वर्ष उमेर समुहका ८ जना पुरुषमा संक्रमण देखिएको छ । परोहा नगरपालिकास्थित लौकाहा माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका ३, १२ १५, १७ वर्षीय बालक, सोही क्वारेन्टाईनमा रहेका ४५ वर्षीय पुरुष सहित १९ देखि ४० वर्ष ११ जना पुरुषमा संक्रमण देखिएको छ ।

रौतहट जिल्लाकै इशनाथ नगरपालिकाका ३० वर्षीय महिला तथा १० र १४ वर्षीय बालक सहित १ देखि १८ वर्ष उमेर समुहका ९ जना, सोही नगरपालिकाका १९ देखि ४० वर्ष उमेर समुहका ९ जना पुरुषमा पनि संक्रमण देखिएको छ । रौतहट जिल्लाकै देवाही गोनाही नगरपालिकाका १८ वर्षीय किशोर र ४८ वर्षीय पुरुष सहित १९ वर्ष देखि ४० वर्ष उमेर समुहका ७ जना पुरुष, यमुनामाई गाउँपालिकाका १६ वर्षीय किशोर तथा २५ बर्षिय पुरुष, गढीमाई नगरपालिकाका १९ र २१ तथा माधव नारायण नगरपालिकाका ३५ वर्षीय पुरुष, अनोरीलाल माबी, ध्यूरा मावि, जनता मावि र पियुर एकेडेमीका क्वारेन्टाईनमा रहेका थप ४ जना पुरुषहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

बारा जिल्लाको पचारौता नगरपालिकाका १६ वर्षीय बालकसहित १९ देखि ४० वर्ष उमेर समुहका १२ जना पुरुष, पर्सा जिल्लाको पोखरिया नगरपालिकाका ३६ वर्षीया महिला,सोही नगरपालिकाका ४५ वर्षीय पुरुषसहित १९ देखि ४० वर्ष उमेर समुहका ८ जना पुरुषमा संक्रमण देखिएको छ । पर्सा जिल्लाकै बीरगंज महानगरपालिकाकी ३० वर्षीय महिला, सखुवा पर्सौनी गाउँपालिकाका ४० वर्षीय पुरुष, बिन्ध्यवासिनी गाउँपालिकाका २६ वर्षीय पुरुष, जिरा भवानी गाउँपालिकाका ३२ वर्षीय पुरुष, धोकिनी गाउँपालिकाका २७ वर्षीय पुरुष, पर्सागढी नगरपालिकाकी ३१ वर्षीय महिला र पटेरवा सुगौली गाउँपालिकाका २० र २७ वर्षीय पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।

यस प्रदेशमा आईतबारसम्म ३२ हजार २ सय ७ जना व्यक्तिको थ्रोट स्वाब परिक्षण गरिएकोमा २ हजार २३ जना संक्रमित भएका छन् भने १७ हजार १ सय २५ जनाको नेगेटिभ नतिजा आएको छ । त्यस्तै १३ हजार ६८ जनाको नतिजा आउन बाँकी रहेको छ ।

आरडिटी तर्फ अहिलेसम्म १५ हजार २ सय ५१ जनाको परीक्षण गरिएकोमा ७ सय ३० जनाको रिपोर्ट पोजेटिभ आएको छ भने १४ हजार ५ सय २० जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

epaper

ताजा समाचार

जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका