काठमाडौं उपत्यकामै आइपुग्यो वर्षायाम भित्र्याउने मौसम प्रणाली, यस्तो छ बुधबारसम्मको मनसुनी अवस्था

काठमाडौं । मनसुनी वायु देशभर फैलने क्रममा आजदेखि काठमाडौं उपत्यकामा पनि आइपुगेको छ । मौसमविदहरुका अनुसार वर्षायाम भित्र्याउने मौसमी प्रणाली आज सोमबारबाट देशको मध्य क्षेत्रसम्म आइपुगेको हो ।

मनसुनी वायु केही दिनअघि पूर्वबाट प्रवेश गरेको थियो । मनसुनी वायु क्रमशः देशभर फैलिने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यको भनाइ छ ।

महाशाखाका अनुसार आज विशेषगरी प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार ०१ गते (सोमबार)

दिउँसोः  सुदुर पश्चिम, कर्णाली र प्रदेश ५मा सामान्य बदली रही बाकी  प्रदेशहरूमा पूर्ण बदली  रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको   सम्भावना रहेको छ। बागमति प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली  रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी  प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार ०२ गते (मंगलबार)

दिउँसोः  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको   संभावना रहेको छ। प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः  सुदुर पश्चिम प्रदेश र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ /हावाहुरी  सहित वर्षाको   सम्भावना रहेको बाबमति, गण्डकी र प्रदेश ५का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार ०३ गते (बुधबार)

दिउँसोः  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ मा आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका  एक/दुई स्थानहरुमा  मेघगर्जन/चट्याङ /हावाहुरी  सहित वर्षाको   संभावना रहेको छ।

रातीः  पहाडी भू-भागहरूमा सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहनेछ।पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ /हावाहुरी  सहित वर्षाको   सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले  सतर्कता अपनाउन हुन अनुरोध छ ।

तपाइको प्रतिक्रिया
(Visited 432 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा