काठमाडौं । मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनीलाई मात्रै एफडब्ल्यूसिएमएस प्रणालीमा पहुँच दिइएको विषयलाई लिएर नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सिन्डिकेटविरुद्धको अभियानलाई तीव्र बनाएको छ।
संघका तृतीय उपाध्यक्ष तथा संघर्ष समिति संयोजक लक्ष्मण पौडेलका अनुसार एफडब्ल्यूसिएमएसमा २५ वटा म्यानपावर कम्पनीको नाम समावेश गरी उनीहरूमार्फत करिब २५० कम्पनीलाई सहायकका रूपमा जोडिएको विषयमा संघले सम्बन्धित व्यवसायीसँग स्पष्टीकरण मागेको थियो। तर स्पष्टीकरणको समय सकिँदासमेत केही व्यवसायीबाट जवाफ नआएको उनले बताए।
पौडेलले सीमित कम्पनीलाई मुख्य भूमिकामा राखेर अन्य व्यवसायीलाई सहायकका रूपमा मात्र जोड्ने व्यवस्था भए त्यसले समान प्रतिस्पर्धाको वातावरण कमजोर पार्ने बताए। संघले स्पष्टीकरण माग्नुको उद्देश्य कसैलाई दोषी ठहर गर्नु नभई प्रणालीमा व्यवसायीहरूको भूमिका, पहुँच र संलग्नता स्पष्ट पार्नु रहेको उनको भनाइ छ।
‘कानुनले सबै इजाजतप्राप्त म्यानपावर व्यवसायीलाई समान रूपमा व्यवसाय गर्ने अधिकार दिएको छ। सीमित समूहको चंगुलमा रहेर व्यवसाय गर्नुपर्ने अवस्था आउन दिनु हुँदैन,’ पौडेलले भने।
मलेसिया रोजगारीको भर्ना प्रक्रियामा एफडब्ल्यूसिएमएस लागू गर्ने विषयमा व्यवसायीबीच विवाद भइरहेका बेला संघले सबै व्यवसायीलाई एकजुट हुन आग्रह गरेको छ। संघले प्रणालीमा समान पहुँच, पारदर्शिता र प्रतिस्पर्धाको सुनिश्चितताका लागि श्रम तथा परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार विभाग, राजनीतिक दलका नेतृत्व तथा सम्बन्धित कूटनीतिक निकायसँग छलफल गरिरहेको जनाएको छ।
संघले एफडब्ल्यूसिएमएसमा रहेका कम्पनीको भूमिका, सहायकका रूपमा जोडिएका म्यानपावर कम्पनीको अवस्था तथा सबै व्यवसायीको समान पहुँच’bout स्पष्ट मापदण्ड सार्वजनिक गर्न माग गरेको छ। पौडेलले समान पहुँच र पारदर्शिता सुनिश्चित नभएसम्म सिन्डिकेटविरुद्धको अभियान जारी रहने बताए।
सम्बन्धित समाचार
पहिरोले बडीमालिका–९ का आधा दर्जन घरमा क्षति
भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी
पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
व्यावसायिक फलफूल खेतीतर्फ किसानको आकर्षण
कर्णालीको स्याउलगायत अर्गानिक उत्पादन प्रदर्शनी
युवाको आक्रोशलाई राष्ट्र निर्माणमा बदलौँ, निराशा नफैलाऔँ : सभापति लामिछाने
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम : अनुसन्धानकर्ता






