काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकबाट सेवानिवृत्त कर्मचारीहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि १५ लाख ७४ हजार ५४७ रुपैयाँ सहयोग गरेका छन् ।
रावा बैंक पूर्वकर्मचारी संघको पहलमा संकलित सो रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी संघका पदाधिकारीहरूले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई चेक हस्तान्तरण गरेका हुन् । संघमा राष्ट्रिय वाणिज्य बैंकबाट निवृत्त भएका ३ हजारभन्दा बढी पूर्वकर्मचारी आबद्ध छन् ।
चेक हस्तान्तरण कार्यक्रममा मन्त्री श्रेष्ठले विपद्को समयमा पूर्वकर्मचारीहरूले देखाएको सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गरे । उनले नागरिक तहबाट प्राप्त सहयोगले विपत्तिसँग जुध्न सरकारलाई थप हौसला मिलेको बताए ।
मन्त्री श्रेष्ठले संघका हजारौं सदस्यको योगदानबाट संकलित रकमले बाढीबाट प्रभावित परिवारलाई राहत पु¥याउन सहयोग पुग्ने उल्लेख गरे । उनले विपद्का बेला आर्थिक सहयोगसँगै सामाजिक एकता र मनोबल बढाउन यस्ता पहलको महत्वपूर्ण भूमिका रहने बताए ।
पूर्वकर्मचारी संघले सामाजिक उत्तरदायित्व निर्वाहसँगै सामाजिक मनोविज्ञान सुधार र वित्तीय सुशासन प्रवद्र्धनमा समेत योगदान पु¥याउँदै आएको मन्त्री श्रेष्ठको भनाइ थियो ।
सम्बन्धित समाचार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
अमेरिकी डलर बन्यो मजबुत, अरु विदेशी मुद्राको विनिमयदर कस्तो छ ?
अमेरिकी डलर र चिनिया युआन थप मजबुत, जापानी येन र थाई भाट बन्यो कमजोर
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम १ असोजमा घोषणा हुने
आज पनि जापानी येन थप मजबुत, थाई भाट कमजोर, अमेरिकी डलर र चिनियाँ युआन स्थिर
चार दिन लगातार स्थिर रहेको अमेरिकी डलर आज मजबुत
तीन महिनामा खाद्यान्नमा ३२ प्रतिशतसम्म मूल्यवृद्धि






