तीन महिनामा खाद्यान्नमा ३२ प्रतिशतसम्म मूल्यवृद्धि

स्केजः सामाजिक सञ्जाल ।

काठमाडौं । सरकारले मूल्यवृद्धि नियन्त्रणमा रहेको दाबी गरिरहे पनि उपभोक्ताको भान्सामा दैनिक प्रयोग हुने वस्तुको मूल्य भने औसत मुद्रास्फीतिको तुलनामा तीव्र बढेको पाइएको छ । नेपाल खुद्रा व्यापार संघको तीन महिनाको मूल्य विवरणअनुसार असारदेखि भदौसम्ममा मात्र खाद्य वस्तुको खुद्रा मूल्य ३२ प्रतिशतसम्म बढेको छ ।

सांसदमा दिनहुँ उठ्छ आवाज, तर छैन नियन्त्रणको प्रयास

खुद्रा व्यापार संघले तोकको मूल्य भन्दा धेरै उच्च मूल्यमा बजारमा आद्य सामग्री बिक्री भइरहे पनि सरकारी अनुगमन संयन्त्र निष्किृय बन्दा उपभोक्ता मनपरी मूल्य तिर्न बाध्य भइरहेको उपभोक्ता अधिकारकर्मी अधिवक्ता जगन्नाथ मिश्र बताउँछन् ।

संघको १ असार १ र ३० भदौको तुलनात्मक मूल्य विवरणअनुसार सानो केराउको मूल्य प्रतिकिलो १९० बाट २५० रुपैयाँ पुगेको छ । तीन महिनामा यसको मूल्य ६० रुपैयाँ अर्थात् ३१.५८ प्रतिशत बढेको हो । सेतो भटमास १४५ बाट १७० रुपैयाँ पुगेको छ । यसको मूल्य १७.२४ प्रतिशत बढेको छ ।

व्यापरा संघको तथ्यांक अनुसार चिनी र धनियाँ पाउडरको मूल्य १४.२९ प्रतिशतले बढेको छ । चिनी प्रतिकिलो १०५ बाट १२० रुपैयाँ पुगेको उसो तथ्यांकमा उल्लेख छ । तर बजारमा ३० भदौमा चिनी प्रतिकेजी १५० रुपैयाँसम्ममा बिक्री भइरहेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् ।

संघका अनुसार धनियाँ पाउडर ३५० बाट ४०० रुपैयाँ पुगेको छ । भटमासको तेल प्रतिलिटर २५५ बाट २९० रुपैयाँ पुगेको छ । यसमा १३.७३ प्रतिशत वृद्धि भएको छ ।

काँचो तोरीको तेल प्रतिलिटर ३५० बाट ३९० रुपैयाँ पुगेको छ । तीन महिनामा यसको मूल्य ११.४३ प्रतिशत बढेको उसको तथ्यांकमा उल्लेख छ । तर बजारमा सनफ्लावर र भटमासको तोरीको तेल प्रतिलिटर ३३० रुपैयाँसम्ममा बिक्री बितरण भइरहेको छ ।

संघकै तथयंकमा पनि तीन महिनाको अवधिमा स्टिम जिरा मसिनो चामल १०० बाट ११०, भुटेको तोरीको तेल ४३० बाट ४६०, राजमा २५० बाट २६५ र बेसार पाउडर ५०० बाट ५२५ रुपैयाँ पुगेको छ ।

खुद्रा व्यापार संघका अनुसार मूल्यवृद्धि असारबाटै तीव्र हुन थालेको हो । १५ जेठसम्म प्रतिकिलो ९५ रुपैयाँ पर्ने स्टिम जिरा मसिनो चामल १ असारमा १०० रुपैयाँ पुगेको थियो । धनियाँ पाउडर ३५० बाट एकैपटक ४०० र बेसार पाउडर ५०० बाट ५२५ रुपैयाँ पुगेको थियो ।

खानेतेलमा पनि वृद्धि निरन्तर देखिएको छ । भटमासको तेल १ जेठमा २५५ रुपैयाँ प्रतिलिटर रहेकोमा १ साउनमा २८०, १५ साउनमा २८५ र १ भदौमा २९० रुपैयाँ पुगेको थियो । पछिल्लो महिनामात्र तेलमा लिटरमा ४० रुपैयाँसम्म मूल्यबृद्धि भएको बजारले देखाउँछ । काँचो तोरीको तेल १ असारमा ३५० बाट १ साउनमा ३८० र हाल ३९० रुपैयाँ पुगेको संघको मूल्यसूचीले देखाउँछ ।

ठाउँअनुसार फरक फरक मूल्य
मूल्यवृद्धिको दबाब खाद्यान्नमा मात्र सीमित छैन । सरकारी कृषि बजार व्यवस्थापन प्रणाली (एएमपिआइएस)को ३० भदौको विवरण अनुसार देशका विभिन्न कृषि थोक बजारमा एउटै कृषि उपजको मूल्यमा समेत ठूलो अन्तर देखिन्छ ।

ठूलो नेपाली गोलभेँडाको औसत मूल्य बुटवलमा ४४.४०, कोहलपुरमा ५०, धरानमा ४९.८०, अत्तरियामा ५१.२०, बिर्तामोडमा ६२, कालीमाटीमा ७५ र पोखरामा ८०.६० रुपैयाँसम्म देखिएको छ ।

औसत मुद्रास्फीतिको तथ्यांकले पनि खाद्य वस्तुमा दबाब रहेको देखाएको छ । नेपाल राष्ट्र बैंकले आपूर्ति पक्षका कारण पेट्रोलियम पदार्थ तथा खाद्य वस्तुको मूल्य बढ्दा मुद्रास्फीतिमा दबाब केही समय कायम रहने अनुमान यसअघि नै सार्वजनिक गरिसकेको छ ।

लगातार दबाब, तर छैन नियन्त्रणको प्रयास
मूल्यवृद्धि नियन्त्रणको विषय संसद्मा समेत लगातार उठ्दै आएको छ । मंगलबार पनि सांसदहरूले चामल, दाल, तेल, तरकारी र फलफूललगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै बजार अनुगमन र कालोबजारी नियन्त्रण गर्न माग गरेका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गर्ने मासिक मूल्य विश्लेषण प्रतिवेदनले समेतहरके महिना खाद्यान्नको मूल्य आकासिदै गएको देखाएको छ । विभागले २०८३ असारको मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक गरिसकेको छ ।

आयात लागत, आपूर्ति अवरोध, ढुवानी खर्च, कृषि उत्पादन र अन्तर्राष्ट्रिय बजारको मूल्यसँगै बजारभित्रको मूल्य निर्धारण प्रणालीसमेतका कारण मूल्यवृद्धि बढ्दो क्रममा रहेको व्यवसायीहरूको भनाइ छ । चामलमा भारतको निर्यात नीति, उत्पादन र धानको समर्थन मूल्यले नेपाली बजार प्रभावित भएको व्यवसायीहरूको दाबी छ ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’मा जुटे ४२१ पालिका