विराटनगर । भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी एमालेले निष्कासित छ ।
नेकपा एमाले प्रदेश कमिटी पदाधिकारीको हिजो बसेको बैठकले शेर्पालाई कारबाही गर्दै अनुमोदनका लागि केन्द्रीय कमिटीमा सिफारिस गरेको हो ।
०७९ को निर्वाचनमा एमालेबाट उप प्रमुखमा निर्वाचित भएकी शेर्पाले निरन्तर पार्टी विरुद्ध अभिव्यक्ति दिएको, पार्टी हितविपरीत कार्य गरेको आरोप लगाइएको छ । नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले जिल्लाबाट कारवाहीका लागि सिफारिस भएर आएकाले कारबाही गरिएको बताए ।
शेर्पा एमाले प्रदेश कमिटी सदस्यसमेत थिइन् । पार्टीले कारबाही गरेपछि उनको उपमेयर पदसमेत संकटमा परेको छ । उनलाई उपमेयरबाट पदमुक्त गर्न एमालेले प्रक्रिया सुरु गरिसकेको छ ।
एमाले भोजपुरले साउन ८ गते शेर्पालाई कारवाहीका लागि प्रदेश कमिटी समक्ष सिफारिस गरेको थियो । शेर्पासँगै भोजपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष नवीन प्रधानलाई पनि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ ।
भोजपुर जिल्ला कमिटी सचिवालय सदस्यसमेत रहेका प्रधानका विषयमा जिल्ला कमिटीले गरेको सिफारिस प्रदेशले अनुमोदन गरेको हो । राजनीतिक दल सम्बन्धी ऐन, २०७३को दफा ३२(२) मा जनप्रतिनिधिलाई कारबाही सम्बन्धी व्यवस्था छ ।
सम्बन्धित समाचार
टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण
पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री
मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि
थारू समुदायमा अट्वारीको रौनक
मिडियामा एआई प्रयोग’bout नेपाली विद्यार्थीलाई चीनमा प्रशिक्षण
ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व संङ्कलन






