सरकारी कदमको विरोधमा वीरगन्जका सडक पीडितको प्रदर्शन

वीरगन्ज । त्रिभुवन राजपथ अन्तर्गत वीरगन्जको बजार क्षेत्रमा भएको सडक विस्तारका क्रममा घर संरचना तोडफोड भएका पीडितले यहाँ कालो झण्डा सहित प्रदर्शन गरेका छन् । वीरगन्जको मकालु चोकदेखि माईस्थान चोकसम्म कालोझण्डा हातमा बोकेर सडक पीडितले सरकारी कदमको बिरोधमा कालो झण्डा सहित प्रदर्शन गरेका हुन् ।

लालपूर्जा दिएर विना मुअब्जा सरकारले नै नागरिकको घर संरचना ध्वस्त बनाएको उनीहरुको आरोप छ । प्रदर्शन पछि भएको कोण सभालाई पीडित परिवारको तर्फबाट सुमन क्याल लगायतले सम्बोधन गरे । सो क्रममा उनीहरुले सरकारको कदम क्षम्य नभएको दावी गरे । हामी सडक विस्तार र विकास विरोध होइनौं । तर राज्य निदर्यी भएर वैकल्पिक व्यवस्था हुँदा हुँदै पनि वीरगन्ज बजार माथि नै सरकार खनिएको पीडितको आरोप छ ।

स्थानीय सरकारसँग समन्वय पनि नगरी एकलौटी केन्द्र सरकार अग्रसर हुनु राम्रो कदम नभएको पीडितको गुनासो छ । स्थानीय सरकारले भने चारपाँच वर्ष अगाडी नै बजार क्षेत्रमा मेन सडकको बीच भागबाट दुवै तर्फ १५÷१५ मिटर मात्र सडक विस्तार गर्ने निर्णय गरेको छ । सडकमा घर पर्ने पीडितले केन्द्र सरकारले यो भन्दा बढि मेन सडकको बीचभागबाट दुवै तर्फ २५÷२५ मिटर सडक विस्तार गरेपछि विरोध कडा पार्दै लगेका छन् ।

वीरगन्ज बजार भित्रबाट राजपथ विस्तार नगरी वीर शम्शेरले बसाएको यो बजार बचाउन २०७२ साल भदौ २१ गते नेपाल सरकार मन्त्रीपरिषद् बैठकले वैकल्पिक सडकका रुपमा पथलैया पावरहाउस चोक हुँदै सिर्सिया नदी र आइसिपी तर्फ रुट परिवर्तन गरेको पीडितको दावी छ । फलतः यो राजपथको लम्बाई समेत ४ दशमलब ५५ किलोमिटर घटेको तथ्य सडक विभागकै तथ्याँकमा हुनु यसैको उदाहरण भएको पीडित मध्ये सुमन क्यालले दावी गरे ।

साथै सीमा पारी भारत तर्फ पनि यो राजपथ सरहको सडक विस्तार नहुने गरी भारतले पनि रक्सौल बजार बचाई आइसिपी तर्फ सडकको रुट परिवर्तन गरिसकेले वीरगन्ज बजार ध्वस्त हुनु सरकारको गलत कदम भएको पीडित मध्ये वीरगन्ज महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मनोज कुर्मीले पनि गुनासो गरे ।

बजार क्षेत्रमा मात्र १ हजार २ सय घरधनी पीडित भएको उनको भनाइ छ । बुधबार साँकेतिक रुपमा मौन जुलुस निकाली सरकारको ध्यानाकर्षण गराइएकोको हो । हाम्रो पीडालाई केन्द्र सरकारले अविलम्ब सम्बोधन गरोस् भन्ने हाम्रो माग रहेको पीडितले बताएका छन् । नत्र आगामी दिनमा अझ कडा कदम सहित आन्दोलनको घोषणा गर्ने पीडित मध्ये वीरगन्ज महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष समेत रहेका जवाहरलाल गुप्ता सहितले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित