वीरगन्ज । सभा सम्मेलन र प्रभातफेरि जस्ता सार्वजनिक कार्यक्रम गरी केही वर्ष अघि विभिन्न दिवस मनाउने पर्सामा यो वर्ष ‘आत्महत्या रोकथाम दिवस’ कसैको प्राथमिकतामा नपरेको भेटिएको छ । आर्थिक नगरी समेत रहेको पर्सामा सरकारी तथा गैर सरकारी संघ संस्थाले यो दिवस कसैले पनि सार्वजनिक रुपमा मनाएनन् ।
तर २०५२ सालमा स्थापना भएको वीरगन्जको विद्यासदन मा.वि.ले भने कक्षा ८ र ९ कक्षाका सय जना विद्यार्थीलाई लक्षित गरी आत्महत्या रोकथाम दिवसको अवसरमा अतिरिक्त सिकाई अन्तर्गत सचेतना कार्यक्रम गरेको छ । हरेक वर्ष अन्तराष्ट्रियस्तरमा नै १० सेप्टेम्बरका दिन विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ ।
तर पर्सामा १४ स्थानीय सरकार छन् । अन्य सरकारी तथा गैर सरकारी संघ संस्था पनि यहाँ नभएका होइनन् । तथापि यो दिवस पर्साको हकमा खल्लो रहेको भेटिएको हो । विद्यासदन मा.वि.ले भने सुरक्षाकर्मी र मानव अधिकारकर्मीहरुलाई बोलाई विद्यार्थीहरुलाई जीवन र मरणको ’bout प्रशिक्षण नै दिई सचेतना कक्षा नै संचालन गरेको पाइएको छ । कार्यक्रम पछि विद्यार्थीहरुले प्रभावकारी ज्ञान हासिल गर्न पाएको बताए ।
विद्यार्थीहरुलाई पर्सा प्रहरी कार्यालय अन्तर्गतका प्रहरी सहायक निरिक्षक रामकुमार थिङ्ग र राजधानी दैनिकका मधेश व्यूरो प्रमुख तुलसी भण्डारीले आत्महत्याको बार्षिक आँकडा प्रस्तुत गर्दै जोखिम न्यूनिकरणका उपायहरु समेत बताएका थिए ।
नेपालमा विभिन्न कारणले हरेक दिन १८ जनाले आत्महत्या गर्ने गरेको नेपाल प्रहरीको तथ्याँक छ । तर दिवसका दिन पनि नेपालीको प्राथमिकतमा दिवस पनि नपर्नु बिडम्वना भएको प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्ष राजेन्द्र सिंह नेपालीले बताए । विद्यासदन मा.वि.ले भने अतिरिक्त क्रियाकलाप अन्तर्गत ठूलो कक्षाका विद्यार्थीलाई समेटी सामाजिक रुपान्तरणमा सानो घेरालाई भने पनि सजग गराउने प्रयास अतिरिक्त कक्षा मार्फत संचालन गरेको जनाएको छ ।
दिवसको इतिहासक्रमः
सन् २००३ मा अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम संघ (क्ष्ब्क्ए) र विश्व स्वास्थ्य संगठन (ध्ज्इ) को सहकार्यमा यो दिवस मनाउन थाथिएको पाइन्छ । ‘आत्महत्या रोकथाम सम्भव छ’ भन्ने सन्देश प्रवाह गर्नु, आत्महत्यासम्बन्धी कलंंक र गलत धारणालाई निश्तेज गर्दै जोखिममा रहेका व्यक्तिलाई समयमै मानसिक जोखिमबाट बाहिर ल्याउन यो दिवस मनाउन थालिएको पाइएको हो ।
सन् २०२४–२०२६ मा ‘आत्म हत्या’boutको कथन परिवर्तन गरौँ’ भन्ने मूल नारा सहित मनाइएको यो दिवस सन् २०२६ को लागि अझ ‘कुराकानी सुरु गरौँ’ भन्ने नारा सहित मनाइएको पाइएको छ ।
नेपालमा आत्महत्या रोकथामका क्षेत्रमा राष्ट्रिय रुपमा नै आत्महत्या रोकथाम हेल्पलाइन ११६६ सञ्चालनमा आएको छ । १० सेप्टेम्बर २०२० मा चार अंकको (११६६) नम्बरको हेल्पलाइन ५ मे २०२१ देखि भने पूर्ण रूपमा सञ्चालनमा आएको सरकारी तथ्याँक छ । यो समस्या बहुक्षेत्रीय समस्याका रूपमा सम्बोधन गर्ने प्रयास गर्दै नेपालमा राष्ट्रिय योजना आयोगको नेतृत्वमा राष्ट्रिय आत्महत्या रोकथाम कार्ययोजना निर्माण प्रक्रिया पनि अघि बढाइएको छ । साथै आत्महत्या रोकथामका लागि समर्पित मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामसम्बन्धी संरचना विकास गर्ने पहलकदमी पनि अगाडी बढाइएको चाही छ ।
नेपालले आत्महत्याका साधनमा पहुँच घटाउने, आत्म हत्यासम्बन्धी जिम्मेवार सञ्चार गर्ने, युवामा सामाजिक तथा भावनात्मक सीप विकास गर्ने र जोखिममा रहेका व्यक्तिको समयमै पहिचान, उपचार तथा फलोअप गर्ने गरी नेपालमा डब्लु एच ओ को ीक्ष्ख्भ् ीक्ष्ँभ् अवधारणा अनुसार नेपालले आत्महत्या रोकथामका चार प्रमुख उपाय अबलम्बन गर्न थालेको भेटिएको हो ।
सञ्चार माध्यमको भूमिका
आत्म हत्यासम्बन्धी समाचार सम्प्रेषणमा सञ्चार माध्यमको भूमिकालाई समेत महत्वपूर्ण बनाइनु पर्ने विद्यासदन मा.वि.का संस्थापक प्रिन्सिपल लालबहादुर गुरुङले सुझाव दिएका छन् । आत्महत्याको सनसनीपूर्ण वा अनुकरण गर्न प्रेरित गर्ने शैलीका समाचारभन्दा जोखिमका घटना कम गर्ने जिम्मेवार रिपोर्टिङमा संचार माध्यमले पनि जोड दिनु पर्ने उनको भनाइ छ ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको सहकार्यमा नेपालमा पनि २९३ जना पत्रकारलाई आत्म हत्या न्यूनिकरण गर्ने खालका समाचार रिपोर्टिङका लागि प्रशिक्षण दिइएको संकेत मिले पनि त्यो प्रभावकारी नभएको टिप्पणी गर्न थालिएको भेटिएको छ । आत्म हत्यासम्बन्धी समाचारमा राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन ११६६ को जानकारी समावेश गर्न बल्ल सञ्चारमाध्यमलाई भन्ने थालिएको पनि स्वास्थ्य मन्त्रलयको एक तथ्यले खुलासा गरेको छ ।
समस्या मानसिक स्वास्थ्यमा मात्र सीमित छैन
आत्म हत्या मानसिक स्वास्थ्य सम्बन्धी समस्या महत्वपूर्ण जोखिम भए पनि सामाजिक, आर्थिक, पारिवारिक, मनोवैज्ञानिक, सांस्कृतिक तथा वातावरणीय पक्षले समेत व्यक्तिको आत्महत्याको जोखिमलाई उच्च बनाएको विद्यासदन मा.वि.का शिक्षक शिक्षिकाहरुले दावी गरे । उनीहरुका अनुसार आत्महत्या रोकथामका लागि संकटमा रहेका व्यक्तिलाई समयमै भावनात्मक सहयोग र स्वास्थ्य सेवा उपलब्ध गराउन तथा घातक साधनमा पहुँच सीमित गर्न सके समस्या न्यूनिकरणमा बल पुग्ने उनको जोड छ ।
नेपालमा सन् २०२० को राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणले मानसिक स्वास्थ्य सेवाको आवश्यकता भएका करिब ८० प्रतिशत व्यक्तिले आवश्यक सेवा नपाएको देखाएको थियो । यसले आत्महत्या रोकथामसँगै मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नु पर्ने पनि औल्याएको छ ।
चुनौती अझै ठूलो
नेपालले हेल्पलाइन सञ्चालन, नीति निर्माण, विषादी नियन्त्रण, स्वास्थ्यकर्मी तथा पत्रकारको क्षमता विकास र समुदायस्तरीय जनचेतना अभियानजस्ता कार्यक्रम अघि बढाए पनि आत्महत्या रोकथामका लागि उक्त चालिएका कदम देशव्यापी र दीर्घकालीन बनाउन पर्ने पनि पर्सा प्रहरीको पनि जोड छ । नेपालमा विगतमा घटेको आत्महत्याको डाटालाई न्यूनिकरण गर्न सकिने जनाइएको छ ।
सम्बन्धित समाचार
ठाकुररामको तलब, काम आफ्ना शैक्षिक संस्थामा समितिको निगरानी सुरु
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
अनुशासित र योग्न बनाउन विद्यार्थीलाई नै जिम्मेवारी
प्रादेशिक अस्पताल कलैयाको एक्सरे ठप्प
चोरीको मोटरसाइकल शाखा अधिकृतको घरबाट बरामद
नुवाकोट पुगेर अग्रगामी युवा मोर्चाले बाढीपीडितलाई वितरण गर्यो राहत सामाग्री
सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त






