Friday, June 18, 2021
Home अर्थ प्रदेश बजेटको जोड केमा ? कुन प्रदेशको कति बजेट ?

प्रदेश बजेटको जोड केमा ? कुन प्रदेशको कति बजेट ?

,

काठमाडौं । सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि आयव्ययसहितको बजेट सोमबार सार्वजनिक गरेका छन् । १ असारबाट अनिवार्य बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेशहरूले बजेट सार्वजनिक गरेका हुन् । सबैभन्दा ठूलो आकारको बजेट बाग्मती प्रदेश (प्रदेश ३)ले ल्याएको छ भने सबैभन्दा न्यून बजेट सुदूरपश्चिम प्रदेशले ल्याएको छ ।
सातवटै प्रदेशले कोभिड–१९ बाट प्रभावित आर्थिक क्षेत्रको उन्नयन र पुनरुत्थानका लागि विशेष प्राथमिकता दिएको छ । बजेटको प्राथमिकता स्वास्थ्य, कृषि र रोजगारी परेको छ । प्रदेश सरकारहरूले साना तथा मझौला उद्योगका लागि पनि जोड दिएको छ ।
बाग्मती प्रदेश सरकारले रु ५१ अर्ब ४२ करोड रुपैयाँको बजेट ल्याएको छ । सो प्रदेशले गत वर्ष ४७ अर्ब ६० करोडको बजेट ल्याएको थियो । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात् ५१.१२ प्रतिशत विनियोजन गरिएको छ ।
त्यस्तै, पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार अर्थात् ४८.८८ प्रतिशत बजेट विनियोजन भएको छ ।
सबैभन्दा कम आकारको बजेट ल्याएको सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ३३ अर्ब २८ करोड ४८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गत वर्ष सुदूरपश्चिमले २८ अर्ब १६ करोडको बजेट ल्याएको थियो ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख अर्थात् कुल बजेटको साढे ४२ प्रतिशत र पुँजीगततर्फ १६ अर्ब ७२ करोड ८४ लाख अर्थात् कुल बजेटको ५० दशमलव २ प्रतिशत बजेट विनियोजन गरेको बताए ।
प्रदेश सरकारले स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिँचाइ, ऊर्जा, तटबन्धलगायतका पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । प्रदेश सरकारले ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष’का लागि पनि बजेट छुट्याएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा ३ करोडका दरले ९६ करोड बजेट विनियोजन गरिएको छ ।
आर्थिक वर्ष २०७७÷७८ का लागि प्रदेश १ सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सोमबार प्रदेशसभामा पेस गरेको बजेटमा १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार ४६ दशमलव २९ प्रतिशत चालुतर्फ र पुँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात् ५३ दशमलव ७१ प्रतिशत विनियोजन गरेको जानकारी दिए । जसमा वित्तीय व्यवस्थापनतर्फ ४ करोड रुपैयाँ रहेको छ ।
यस्तै, अन्तरसरकारी वित्त हस्तान्तरणका लागि २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ । बजेट आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजस्व बाँटफाँटबाट १० अर्ब ३ करोड ५४ लाख, अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख र चालू आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब रहने अनुमान प्रदेश सरकारको छ ।
गत वर्ष प्रदेश सरकारले ४२ अर्ब २० करोड ४ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
यस्तै, प्रदेश २ सरकारले ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार अर्थात् ४५.९५ प्रतिशत रकम विनियोजन गरिएको जानकारी दिए । यसैगरी पुँजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार अर्थात् ५३.६७ प्रतिशत, वित्तीय व्यवस्थातर्फ १६ करोड अर्थात् ०.४८ प्रतिशत विनियोजन गरिएको छ ।
बजेटको स्रोतमा नेपाल सरकारका तर्फबाट अनुदान १३ अर्ब ४० करोड ५९ लाख र चालु आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब ९१ करोड २२ लाख २९ हजार रहेको मन्त्री यादवले बताए । गण्डकी प्रदेशले ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले चालु खर्चतर्फ १४ अर्ब ८४ करोड २६ लाख ८४ हजार तथा पुँजीगत खर्चतर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरिएको छ ।
कुल बजेटमा चालु खर्चतर्फ ४१ दशमलव २ प्रतिशत, पुँजीगततर्फ ५७ दशमलव ४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ दशमलव ४ प्रतिशत रहेको जानकारी दिए ।
गत वर्ष चालु आवका लागि ३२ अर्ब १३ करोड ४७ लाखको बजेट ल्याइएकोमा आव २०७५÷७६ मा २४ अर्ब २ करोडको बजेट आएको थियो । आगामी आवका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ११ करोड २६ लाख, सःसर्त अनुदान ४ अर्ब २० करोड ८४ लाख, समपूरक अनुदान १ अर्ब ४९ करोड ८९ लाख, विशेष अनुदान ५४ करोड, राजस्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ५७ करोड ३७ लाख, रोयल्टीबापत प्राप्त हुने ३० करोड, आन्तरिक राजस्वबाट ४ अर्ब ६० करोड हजार बेहोर्दा ९ अर्ब शून्य हुनेछ ।
यसैगरी, प्रदेश ५ ले ३६ अर्ब ३५ करोड २५ लाखको बजेट विनियोजन गरेकोे मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले जानकारी दिए । यो बजेट गत वर्षको भन्दा आकारले ६ करोड ४३ लाखले कमी हो ।
उनले चालुतर्फ १२ अर्ब ५९ करोड २४ र पुँजीगततर्फ १८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरेका छन् । यसमा स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ५ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
प्रदेश ५ ले खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट २ अर्ब ३ करोड ७७ लाख, राजस्व बाँडफाँटबाट ११ अर्ब ३४ करोड २ लाख, रोयल्टी बाँडफाँटबाट ८८ करोड ५६ लाख हुने प्रक्षेपण गरेको छ । त्यसैगरी, वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ६३ करोड ७१ लाख, सःसर्त अनुदानबाट ५ अर्ब ८१ करोड ३६ लाख, समपूरक अनुदानबाट ४८ करोड ३३ लाख, विशेष अनुदानबाट २१ करोड र चालु आर्थिक वर्षको बचत रकमबाट ७ अर्ब ९४ करोड ५० लाख रहने अनुमान गरिएकोे छ । प्राथमिकतामा परेका सःसर्ततर्फका आयोजनाहरू कार्यान्वयन गर्दै जाँदा स्रोत अपुग भएमा चालु आर्थिक वर्षमा झैं नेपाल सरकारसँग अपुग स्रोतको माग गर्ने बजेट वक्तव्यमा उल्लेख छ ।
कर्णाली प्रदेश सरकारले कुल बजेट ३३ अर्ब ७४ करोडको बजेट ल्याएको छ । सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कुल बजेटमध्ये पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ९ प्रतिशत विनियोजन गरिएको बताए ।
बजेट भाषणले कर्णालीमा भत्ता खारेज गरेको छ ।
‘नयाँ संगठन संरचना स्थापना नगर्ने, एम्बुलेन्सबाहेकका सवारी साधन खरिद नगर्ने लगायत मन्त्री, राजनीतिक पदाधिकारी तथा कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक भत्ता, खाजा खर्च र जोखिम भत्ता खारेज गरिएको छ,’ ज्वालाले भने । कर्णाली
प्रदेशले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.६ प्रतिशतले हुने अनुमानसहित आगामी आर्थिक वर्षमा करिब ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ ।

(Visited 108 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका...

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

  पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् । गण्डकीमा लामो समयको राजनीतिक खिचातानी शुक्रबार उनको पक्षमा विश्वासको मतसँगै अन्त्य...

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

साताका लोकप्रिय समाचार

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

झलनाथ खनाललाई उपचारका लागि भारत लगिने

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका नेता खनालको...

कविता : मेच नछोड्नुस्

मेच नछोड्नुस् चाँडो गर्नुस् यो आसन सधैँ खाली रहँदैन अरु पनि बस्न सक्छन् एक पटक बस्नुस् बसेपछि नछोड्नुस् जनता र देशलाई बिर्सनुस् मेच भाचिए भाँचिन दिनुस् आदर्श च्यातिए च्यातिन दिनुस् प्यान्ट च्यातिएर भ्वाङ्ग...

मेलम्ची खानेपानी आयोजनाका ८ जना सम्पर्कविहीन

काठमाडौं । वर्षाका कारण आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् ।तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार...

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

ट्रेन्डिङ

कमललाई स्वर्ण

काठमाडौं । नेपालका कमल श्रेष्ठले प्रथम २०२० विश्व अनलाइन पुम्से च्याम्पियनसिपको ३० वर्षमुनिको विधामा स्वर्णपदक जितेका छन् । गत मंसिरमा नेपालमै भएको १३औं दक्षिण...

राजनीतिक स्थिरता खोज

विभिन्न घटनाक्रमका बाबजुद पनि प्रतिनिधिसभा पुनस्र्थापना भएर राजनीतिले एउटा गति लिएको छ । तर, पनि संसद्ले उपयुक्त विजनेसअनुसार काम गर्न सकिरहेको छैन । नयाँ...

स्क्रब टाइफसबाट बझाङमा एक महिलाको मृत्यु

बझाङ । कोरोनाभाइरस महामारीको सन्त्रास फैली रहेका बेला बझाङमा पहिलो पटक फेरी एउटा नयाँ रोग देखिएको छ । स्क्रब टाइफसबाट बिहीबार एक महिलाको मत्यु...

नेपाली टोली इराकबाट कुवेत प्रस्थान

काठमाडौं । इराकसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलपछि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली विश्वकप छनोट २०२२ र एसिया कप छनोट २०२३ का बाँकी खेलका लागि कुवेत...

फेरि अर्का भूपू गोरखाको कोरोनाका कारण निधन

कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ । स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै...

प्रहरीलाई नै अनुसन्धान गर्न देऊ

फौजदारी अपराध व्यक्तिविरुद्ध मात्र नभएर समाजविरुद्धको कुरा हो । यसका लागि पीडितलाई राहत दिलाउन राज्य मात्र होइन, समाज नै अग्रसर हुनु जरुरी छ ।...

सिङ्गो गाउँ नै पहिरोको जोखिममा, १३ घर विस्थापित

इलाम । आफ्नो जग्गा त सबै पहिरोमा पर्यो । अर्काको जग्गा ठेक्क लिएर बसेको छु । रोङ गाउँपालिका ४ का भिम बहादुर मगर गह...

चैतबाट सीओपीडी पुनस्र्थापना केन्द्र सञ्चालनमा आउने

काठमाडौं । दीर्घ दमखोकी रोग (सीओपीडी) का बिरामीको उपचारका लागि जापान अन्तर्राष्ट्रिय चिकित्सा प्रविधि संस्था (जिम्टेफ)को प्राविधिक तथा आर्थिक सहयोगमा भक्तपुर नगरपालिका–९ तुमचोमा निर्माणाधीन...

अर्थमन्त्रीलाई टेरेनन् बिमा कम्पनीले

काठमाडौं । बिमा कम्पनीले हालसम्म पनि सरकारको निर्देशन लत्याउँदै कोरोना संक्रमित बिमितलाई दाबी माग भएको लामो समयसम्म भुक्तानी नदिएर झुक्याइरहेका छन् । बिमा कम्पनीले पहुँचको...

घुस दिन खोज्दा टिपर चालक प्रहरीको खोरमा

काभ्रेपलाञ्चोक । जिल्लाको बनेपा नगरपालिका–१४ साँगामा कागजपत्र बिना काठमाडौंस्थित टिकाथली छिर्नलाई टिपर चालकले प्रहरी सहायक निरीक्षकलाई पाँच सय र प्रहरी हबल्दारलाई एक सय घुस...

भारतमा शव जलाउन दाउरा अभाव, गङ्गा नदी किनारामा शवको थुप्रो

एजेन्सी ।  प्रयागराज, भारत, २ जेठ (रासस–एपी) – भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको...

माइती गाउँ पुगेर हरिदेबीले गाइन् पाइन खबर…

लमजुङ । लमजुङको पहिचान र गौरवको रुपमा रहेको तर लोपोन्मुख अवस्थामा पुगेको ठाडोभाका संरक्षणका लागि नेपाल संगीत तथा नाट्य प्रतिष्ठान र ठाडोभाका लोककला प्रतिष्ठान...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)