काठमाडौं । भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग बिदाइ भेट गरेका छन् ।
मंगलबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेर श्रीवास्तवले बालेनलाई भेटेका हुन् । भेटमा प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
सो क्रममा प्रधानमन्त्रीले हालैको बाढीपहिरो तथा विपद्को समयमा भारत सरकारले पुर्याएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गरे । प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई कार्यकाल सम्पन्न गरेकोमा बधाई दिँदै आगामी जीवनका लागि शुभकामनासमेत व्यक्त गरेका थिए ।
भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा दुई देशबीच थुप्रै विकास परियोजनाहरू सम्पन्न भएको जानकारी गराउँदै नेपाल बसाइका क्रममा सहयोग पुर्याउने नेपाल सरकार र नेपाली जनतालाई विशेष धन्यवाद व्यक्त गरेका थिए ।
सम्बन्धित समाचार
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ शुल्क लाग्ने
दुवै महाधिवेशनमा सहभागी नहुने शेखर कोइरालाको घोषणा
कांग्रेसमा एक्लिँदै शेरबहादुर देउवा
एमालेले स्वीकार्यो बादलको प्रतिवेदन, अब केन्द्रीय कमिटीमा छलफल हुने
बझाङ कांग्रेस अधिवेशनः ९४ मध्ये ८९ वडामा नयाँ नेतृत्व
अन्तरसंंघर्ष व्यवस्थापनमा एमाले, एकताको ढोका खोल्दै नेकपा
देउवा समूहले कोशी र मधेशबाहेक पाँच प्रदेशका ५५ जिल्लामा तोक्यो संयोजक, क-कसले पाए जिम्मेवारी ?
कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुँदै, केन्द्रीय नेताहरू उम्मेदवार बन्दै





