काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । निर्वाचन समितिले आज निर्वाचन कार्यक्रम तथा कार्यतालिका प्रकाशन गरेको हो ।
निर्वाचन कार्यतालिकाअनुसार आज असोज १९ गते बेलुका ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । यस्तै, बेलुका ५ देखि ६ः३० बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध गर्न सकिनेछ । दाबी विरोधउपर ६ः३० देखि ७ः३० बजेसम्म जाँचबुझ गरी बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
उम्मेदवारीका लागि दरखास्त तथा मनोनयनपत्र दर्ता भोलि २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । सोही दिन दिउँसो ४ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारको दरखास्तउपर ४ः३० देखि ५ः३० बजेसम्म दाबी विरोध र ५ः३० देखि ६ः३० बजेसम्म त्यसउपर जाँचबुझ गरिनेछ ।
उम्मेदवारको दोस्रो नामावली भोलि नै प्रकाशित हुनेछ । भोलि असोज २० गते बेलुका ७ बजे प्रकाशन हुनेछ । असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन तथा उम्मेदवारी सच्याउन निवेदन दिन सकिनेछ । त्यसपछि बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारलाई सोही दिन दिनभर प्रचारप्रसारका लागि समय दिइनेछ ।
असोज २२ गते बिहान ७ः३० बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । मतदान राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, खुलामञ्च र प्रज्ञा भवन कमलादीमा तोकिएका केन्द्रमा हुनेछ ।


सम्बन्धित समाचार
समाज कल्याण परिषद्लाई थप प्रभावकारी बनाउने तयारी, पुनर्संरचनाको प्रतिवेदन मन्त्री सिता बादीसमक्ष
विपदमा कुन मन्त्रालयको तयारी के छ ? सरकार भन्छ : उच्च सतर्कता अपनाइएको छ
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस
संसदमा नयाँ भवन ऐन दर्ता, गरिब तथा विपन्न नागरिकलाई ७५ हजार रुपैयाँसम्म आवास अनुदान प्रस्ताव
कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने




