रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै भएको छ । केही दिनदेखि सेयर बजारमा गएको पहिरो थामिएको छैन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.४८ अंक घटेर २५६६.७६ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ३.२३ अंक, फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१३ अंक घटेको छ।

१३ मध्ये एक उपसमूहको परिसूचक मात्र बढेको छ । व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक १.१० प्रतिशत घटेको छ। होटल तथा पर्यटन, जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। शुक्रबार चार अर्ब २९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३५९ स्टकको ४४ हजार ७७७ पटकको कारोबारमा तीन अर्ब २७ करोड ९५ लाख ९ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

सोमबार घलेम्दी हाइड्रो कम्पनीको  २२ करोड ८६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। हाथवे इन्भेष्टमेन्टको आठ करोड ४९ लाख रुपैयाँ र शिवम सिमेन्ट्सको कारोबार रकम ८ करोड ४३ लाख रुपैयाँ नाघेको छ।

आज शीर्ष १० स्टकहरुमा अधिकांश ऋणपत्र रहेका छन्। १०.३० प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेञ्चरको मूल्य ५.७५ प्रतिशत, १० प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०८६ र ग्लोबल आइएमई समुन्नत योजना २ को मूल्य करिब ५ प्रतिशत बढेको छ।  
 

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

epaper

ताजा समाचार

यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय