काठमाडौं । सरकारले बिजुलीमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने भएको छ। सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत विद्युतमा ५ प्रतिशत भ्याट लगाएको थियो ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा अर्थमन्त्री स्वर्णिम वाग्ले बिजुलीमा उपभोक्तालाई लगाइएको ५ प्रतिशत भ्याट हटाउन सहमत भएका छन् । बजेटमा बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने उल्लेख भएपछि चौतर्फी आलोचना र विरोध भएको थियो।
बिजुलीमा भ्याट लगाउने घोषणामा ऊर्जामन्त्री श्रेष्ठसमेत रुष्ट बनेका थिए। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले समेत बिजुलीमा भ्याट लगाउने नीतिको विरोध गरेका थिए।
तर अर्थमन्त्री वाग्लेले पनि विद्युत् पूर्वाधारमा लगानी बढाउन भ्याट लगाइएको भन्दै बचाउ गर्दै आएका थिए। उनको भनाइ प्रधानमन्त्री बालेनले समेत संसदमा उभिएर विद्युत् पूर्वाधारको मर्मतसम्भार गर्न बिजुलीमा भ्याट लगाइएको भन्दै बचाउ गरेका थिए। बिजुलीमा भ्याटको व्यवस्थाले चिस्यान केन्द्र र औषधि उद्योग अप्ठ्यारोमा परिरहेका छन्। गत साउनबाट कर्पोरेट क्षेत्रलाई १३ प्रतिशत भ्याट जोडेर विद्युत्को बिल आउन थालेपछि खर्च बढेको छ।
घरायसी ग्राहकलाई ५० युनिटभन्दा माथिको खपतमा ५ प्रतिशत र व्यावसायिक संस्थाहरूलाई १३ प्रतिशत नै भ्याट लाग्दै आएको छ।
सम्बन्धित समाचार
आज सुन र चाँदी दुवैको भाउ वृद्धि, कतिमा भइराखेको छ कारोबार ?
ग्यास व्यवसायीको मनपरीमा सरकार निरीह
भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग
आजको विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर, जापानी येन, थाई भाट र चिनियाँ युआनको मुद्रा स्थिर
शुक्रबार घटेको सुन–चाँदीको भाउ आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
ऊर्जामन्त्री श्रेष्ठको दक्षिण कोरिया भ्रमण रद्द
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान
अर्थमन्त्री डा. वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै, नेपालमा लगानी गर्न आह्वान गर्ने






