पत्रकार चौलागाईको पहलमा बिपन्न परिवारहरुको घरमा छाना निमार्ण

रौतहट । बिगत ३ बर्ष देखी खुल्ला आकाश मुनी बस्दै आएका चन्द्रपुर नगरपालिका वाड नंं ९ मुसहर टोलका दलित बस्तीले केही दिन अघिबाट मुक्त पाएका छन् । प्रेस काउन्सील नेपालका सदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोबिन्द चौलागाईको पहलमा बिपन्न ५ परिवारको घरमा छाना निमार्ण भएपछि ’emले खुल्ला आकाशको बासबाट मुक्त पाएका हुन् ।

जनता आवास कार्यक्रम अन्र्तरगत नेपाल सरकारले सो बस्तीमा २१ घर निमार्ण गर्ने जिम्मा लिएको भएता अधुरै छाडेर गएको थियो । चेतनगर स्थित रकेहा दलित गाउका ५ वटा अधुरो घरको छाना केन्द्रिय सदस्य चौलागाईको पहलमा निमार्ण भएपछि स्थानिय दलित परिवार दंग छन् ।

नेपाल सरकारको जनता आवास कार्यक्रम अन्र्तरगत बिगत ३ बर्ष देखी छानो बिहिन भएका घरमा छाना निमार्ण गर्न पहल गरेको केन्द्रिय सदस्य चौलागााईले बताए ।

घरमा छानो नभएको कारण स्थानिय ८५ बर्षिय गोपी माझीले ज्यान गुमाएको खबर सुनेपछि सो गाउका ५ वटा घरमा जस्ताको छाना निमार्ण गर्न आफुले पहल गरेको केन्द्रिय सदस्य चौलागाईको भनाइ छ । स्थानिय इन्दल माझी,लक्ष्मण माझी,अलुसिया माझी लगायत गरी ५ वटा घर निमार्ण गर्न बिभिन्न सहयोगी दाताहरुको सहयोगमा निमार्ण गरेको चौलागाईले बताए ।

ति बिपन्न परिवारको छाना निमार्ण गर्न गृह मन्त्रालयका सहसचिब केदारनाथ शर्माले १५ हजार र आफुले १० हजार गरी गरिब परिवारले छानो मुनी बस्ने बाताबरण मिलाएको उनले जानकारी दिए । केन्द्रिय सदस्य चौलागाईले यस अघि घरमा छानो नभएको कारण पानीले भिजेर ज्यान गुमाएका गोपी माझीको काजक्रियाको लागी ६ हजार सहयोग गरेका छन् । केन्द्रिय सदस्य चौलागाई चन्द्रपुर नगरपालिका वाड नंं ९ सिन्धुरेघारी निवासी हुन । चौलागाइले सोमबार पनि त्यहाका बिपन्न परिवारका बालबालिकाहरुलाइ कापी कलम लगायतको स्टेशनरी बितरण गरेका थिए ।

नेपाल सरकारले दलित तथा बिपन्न परिवारको घर निमार्ण गरिदिने भनेर भएको घर समेत भत्काइदिएर यहाका दलित परिवारलाइ अलपत्र पारेर छाडेको थियो । केहीले आफनो पैसाले छानो हाले भने केहीले यतिकै प्लाष्टिकले छोपेर रात काटदै आएका थिए । यसैबिच चौलागाईले रौतहटका २५ जना क्रियाशिल पत्रकारहरुलाइ प्रेस ज्याकेट पनि बितरण गरेका छन् । पत्रकारलाइ काम गर्न सहज होस भन्दै ज्याकेट बितरण गरेको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 597 times, 1 visits today)

epaper

ताजा समाचार

जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका