बस्तिलाई अघोषित नाकाबन्दी गरेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण

सप्तरी, राजविराज । सप्तरीको तिरहुत गाउँपालिका ४ दलित बस्तीका बासिन्दाहरुले आफूहरु विगत २४ दिनदेखी अघोषित नाकाबन्दीमा परेको भन्दै न्यायका लागि पहल गरिदिन राष्ट्रिय मानवअधिकार आयोगदेखी प्रधानमन्त्रीसम्मलाई ध्यानाकर्षण पत्र पठाएका छन् ।

मंगलबार सदरमुकाम राजविराजमा प्रदर्शन पश्चात् पीडितहरुले प्रमुख जिल्ला अधिकारी शंकर आचार्यमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका हुन् ।

ध्यानाकर्षण पत्रमा उक्त गाउँपालिकाका एक पक्षले जेठ ५ गतेदेखी अघोषित नाकाबन्दी गर्दा आफूहरु समस्यामा परेको उल्लेख गरेका छन् । उक्त बस्तीमा ५० घरधुरी दलित परिवार छन् । पीडितहरुद्वारा गठित संघर्ष समितिका संयोजक सुकराती रामद्वारा बुझाइएको ध्यानाकर्षण पत्रमा गाउँ–ब्लकको जग्गामा बर्षौदेखी बसोवास गर्दै आएको विपन्न दलितको उठिवास गराउन एकपक्ष सक्रिय रहेको र पछिल्लो पटक बस्तीको चारैतिरबाट टाट र बाँसको ढाटले घेरवार गरि आबद्ध जावत नै ठप्प बनाएको उल्लेख गरिएको छ ।

यसरी चारैतिरबाट घेरिएपछि गाईबस्तु थुनिएको, बिरामीलाई उपचारका लागि बाहिर लैजान समस्या भएको र अत्यावशक सामाग्रि खरीदका लागि आवतजावत गर्न कठिन भएको उल्लेख गर्दै ज्ञापनपत्र मार्फत यसरी घेरिएको बस्ती अविलम्ब खोल्ने व्यवस्था मिलाईदिन आग्रह गरिएको छ ।

चारैतिरबाट बाटो नै थुनिएपछि ५० दलित परिवार बन्धक अवस्थामा कष्ठकर जिवन बिताउन बाध्य भएको उल्लेख गर्दै ज्ञापनपत्र मार्फत अघोषित नाकाबन्दी अविलम्ब खोलाउन पहल नगरिए असार ११ गतेदेखी अनिश्चितकालिन अनसनमा बस्ने जानकारी समेत गराइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारको घरमा विस्फोट, श्रीमती घाइते