भारत हिँडेकी सांसद गिरीलाई सुरक्षाकर्मीले सिरहाको ठाडी नाकाबाटै फर्कायो

सिरहा । ठाडी नाका हुँदै भारतको लौकहा प्रवेश गर्न खोजेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई प्रहरीले नाकाबाटै फर्काएको छ । मंगलवार भारतको लौकहा प्रवेश गर्न खोज्दा सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले नेपालतर्फ फर्काइदिएको सशस्त्र प्रहरी बल ठाडीले जनाएको छ ।

सीमा सुरक्षामा खटिएका सुरक्षा स्रोतका अनुसार सीमाबन्दीकै बीच भारततर्फ प्रवेश गर्न गिरीले निकै प्रयास गरे पनि सफल नभएपछि उनी लहानतर्फ फर्किएकी हुन् । प्रहरी स्रोतले भन्यो, अहिले बोर्डर बन्द छ, यस्तो बेलामा माननीयज्यू भारततर्फ सम्भव हुँदैन भनेर हामीले सम्झायौं, उतातिर भारतको सीमा सुरक्षा बल एसएसबीले पनि प्रवेश दिन मिल्दैन भन्यो, त्यसपछि उहाँ फर्किनुभयो ।’

संसदमा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि संविधान संशोधनको दिन बैठक बहिस्कार गरेर हिँडेकी सांसद गिरी गृहजिल्ला सिराहाको लहान पुगेकी थिइन् । चालक र गाडीसहित गिरी मंगलवार दिउँसो ३ बजे सिरहाको मुख्य नाका ठाड़ीबाट भारतको लौकहातर्फ प्रवेश गर्न लागेकी थिइन् ।

गिरीको घर सिरहाको लहान नगरपालिका वडा नम्बर १४ स्थित बस्तीपुरमा हो भने माइती घर भारतमा पर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)

epaper

ताजा समाचार

जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका